नागरिकता विधेयक पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन्

नागरिकता विधेयक पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन्

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ६ गते सोमबार १२:२९

नागरिकता विधेयक पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन् प्रमुख प्रतिपक्षी नेकपा एमालेका उदीयमान युवा नेता राम प्रसाद रिजालले गठबन्धनको निर्णयप्रति रोस प्रकट गरेका छन् । नेता रिजालले राष्ट्रपति विद्यादेवी...

नागरिकता विधेयक पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन्

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उदीयमान युवा नेता राम प्रसाद रिजालले गठबन्धनको निर्णयप्रति रोस प्रकट गरेका छन् ।

नेता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई ५ दलीय गठबन्धनले जस्ताको तस्तै पठाउने निर्णय गरेको आक्रोश पोखेका हुन् ।

संसदीय चुनावको मिति नै सरकारले घोषणा भएर सरकार कामचलाउ भएको र संसद पनि मरेतुल्य भैसकेकाले यो संसदले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउन मिल्दैन्, नेता रिजालले भने, तर राष्ट्रपति विद्यादेवी भण्डारीले

नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई ५ दलीय गठबन्धनले जस्ताको तस्तै पठाउने निर्णय गरेर कांग्रेस, माओवादी, जसपा समाजवादी र जनमोर्चा नामका प्रतिगामी देशद्रोही गठबन्धनले नेपाललाई फिजीकरण गर्न, नेपाल र नेपाली को अस्तित्व मेट्न भारतसँग सम्झौता गरिसकेको छ ।

नागरिकता विधेयक जस्ताको तस्तै संसदबाट पास भए नेपाली जनताले संसद कब्जा गरेर गठवन्धनका सांसद र तिनका नेताहरूलाई नेपालबाटै कालोमोसो र जुत्ताको माला लगाएर सधैँको लागि भारतको दिल्ली पुर्याउने नेता रिजालको भनाई छ ।

नेपाली काँग्रेसको भातृसंगठन तरूण दलले राष्ट्रपतिको राजनिनामा मागेको प्रति पनि नेता रिजालले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता रिजाल अगाडी भन्छन्, ‘रोटी र बेटीको नाममा भारतीय नागरिकलाइ समेत नेपालको नागरिकता बेच्दै आएका नेपाली दलाल र नागरिकता सङ्गै मधेसबाट राजनीति गर्दै आएका मधेसी दलालहरुलार्इ नाङ्गेझार बनाई दिएर साच्चै झन्डै तीन करोड नेपाली जनतालाइ भुल्नै नसक्ने गुन लगाइदिनु भएको छ । धन्य रास्ट्रपति ज्यु । जय देश जय नरेश ।

प्रकाशित मिति २०७९ भदौ ६ गते सोमबार १२:२९
प्रतिक्रियाहरु