नागरिकता विधेयक पास गरे जनताले गठबन्धनका नेतालाई कालोमोसो दलेर दिल्ली लखेट्नेछन्
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उदीयमान युवा नेता राम प्रसाद रिजालले गठबन्धनको निर्णयप्रति रोस प्रकट गरेका छन् ।
नेता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई ५ दलीय गठबन्धनले जस्ताको तस्तै पठाउने निर्णय गरेको आक्रोश पोखेका हुन् ।
संसदीय चुनावको मिति नै सरकारले घोषणा भएर सरकार कामचलाउ भएको र संसद पनि मरेतुल्य भैसकेकाले यो संसदले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउन मिल्दैन्, नेता रिजालले भने, तर राष्ट्रपति विद्यादेवी भण्डारीले
नागरिकता विधेयकलाई १४ बुँदामा संशोधन गर्न दिएको सुझावलाई ५ दलीय गठबन्धनले जस्ताको तस्तै पठाउने निर्णय गरेर कांग्रेस, माओवादी, जसपा समाजवादी र जनमोर्चा नामका प्रतिगामी देशद्रोही गठबन्धनले नेपाललाई फिजीकरण गर्न, नेपाल र नेपाली को अस्तित्व मेट्न भारतसँग सम्झौता गरिसकेको छ ।
नागरिकता विधेयक जस्ताको तस्तै संसदबाट पास भए नेपाली जनताले संसद कब्जा गरेर गठवन्धनका सांसद र तिनका नेताहरूलाई नेपालबाटै कालोमोसो र जुत्ताको माला लगाएर सधैँको लागि भारतको दिल्ली पुर्याउने नेता रिजालको भनाई छ ।
नेपाली काँग्रेसको भातृसंगठन तरूण दलले राष्ट्रपतिको राजनिनामा मागेको प्रति पनि नेता रिजालले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेता रिजाल अगाडी भन्छन्, ‘रोटी र बेटीको नाममा भारतीय नागरिकलाइ समेत नेपालको नागरिकता बेच्दै आएका नेपाली दलाल र नागरिकता सङ्गै मधेसबाट राजनीति गर्दै आएका मधेसी दलालहरुलार्इ नाङ्गेझार बनाई दिएर साच्चै झन्डै तीन करोड नेपाली जनतालाइ भुल्नै नसक्ने गुन लगाइदिनु भएको छ । धन्य रास्ट्रपति ज्यु । जय देश जय नरेश ।
प्रकाशित मिति २०७९ भदौ ६ गते सोमबार १२:२९