काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ।
अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।
यसले...
काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ।
अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।
यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्वपूर्ण र अति गोप्य छन्।
यी दस्ताबेजहरुलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ। यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो।
ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्। यसरी दस्ताबेज घरमा राख्नु संघीय कानूनको उल्लंघन भएको र यो माफी योग्य घटना नभएको जानकारहरुको भनाइ छ।Source-anpurnatimes
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७