एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रीभोज

एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रीभोज

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ११ गते शनिवार ०७:४८

काठमाडौँ  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना...

काठमाडौँ  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना गरेका हुन् ।

बैठकमै अध्यक्ष ओलीले तीजको अवसरमा रात्री भोज आयोजना गरिएको जानकारी गराएका थिए । अहिले बानेश्वरस्थित होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन्।

भोजमा सहभागी एक केन्द्रीय सदस्यले नाचगान भइरहेको जानकारी दिए । यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएका छन् ।

शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।

Source-kantipurdaily

प्रकाशित मिति २०७९ भदौ ११ गते शनिवार ०७:४८
प्रतिक्रियाहरु