काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना...
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले रात्रीभोजको आयोजना गरेका हुन् ।
बैठकमै अध्यक्ष ओलीले तीजको अवसरमा रात्री भोज आयोजना गरिएको जानकारी गराएका थिए । अहिले बानेश्वरस्थित होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन्।
भोजमा सहभागी एक केन्द्रीय सदस्यले नाचगान भइरहेको जानकारी दिए । यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएका छन् ।
शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७