नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको...
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
खनाललाई २ वर्षअघि पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो। जतिबेला ओली नेतृत्वको सरकार थियो।
तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा नेता यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए। तर त्यतिबेला समाजवादी पार्टी फुटाउने प्रयास असफल भयो।
एमालेमा आवद्ध हुन लागेका खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत भएको छ।
निर्वाचन क्षेत्र अहिलेसम्म तय नभएको र आफू एमालेमार्फत राजनीतिमा आउने निर्णय गरेको खनालले बताएका छन् ।
खनाल तनहुँ, पर्सा वा बारा जिल्ला मध्य एक ठाउँबाट चुनावी मैदानमा उत्रिने अनुमान गरिएको छ। खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।
यद्पि अध्यक्ष ओलीले खनाललाई काठमाडाैं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन् । खनालले पनि आफू र अध्यक्ष ओलीबीच भएकाे भेटमा यसबारे कुराकानी भएकाे जानकारी दिए । ‘हिजाे अध्यक्षज्यूसँग नै मेराे छलफल भएकाे थियाे । काठमाडाैं वा तराईकाे कुनै एक क्षेत्रबाट उम्मेदवार बन्ने कुरा छ’, उनले भने ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७