काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्।
माघ २८ गतेको जनप्रदर्शनका लागि नागरिकहरूलाई...
काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्।
माघ २८ गतेको जनप्रदर्शनका लागि नागरिकहरूलाई आह्वान गर्दै अध्यक्षद्वय प्रचण्ड-नेपालले भोलिका दिनमा विगतको गल्ती, कमजोरी नदोहोर्याउने प्रतिबद्धता जनाएका हुन् ।
“हामी विगतका भएका आफ्ना कमी-कमजोरीहरूको आत्मसमीक्षा गर्छौं । हुन गएका कमी-कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छौं,” अध्यक्ष प्रचण्ड र नेता नेपालले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।प्रचण्ड-नेपाल समूहले सरकारलाई एकपटक धक्का दिनैपर्ने भएकाले माघ २८ गतेको विकल्प रोजिएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पर्थ्यो, भारतसँग कुरा गर्नैपर्थ्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनि मात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, ‘हाम्रा भू–भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ, दुवै छिमेकीलाई उहाँहरुको भू–भाग हाम्रो भनेर दाबी गर्ने हैसियतमा हामी छौँ र ? भनी स्पष्ट पारिसकेका छौँ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७