एमालेको नयाँ रणनीतिले तरंग, अब भीम रावलहरु के गर्लान् ?

एमालेको नयाँ रणनीतिले तरंग, अब भीम रावलहरु के गर्लान् ?

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १२ गते बुधबार ०८:३७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी ओलीको विरोध गर्ने...

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओली आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओली विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए । राजधानी दैनिकमा समाचार छ ।

Source-galaxykhabar

प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार ०८:३७
प्रतिक्रियाहरु