दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ समय तालिका

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ समय तालिका

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १३ गते बिहिबार ०५:४४

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजया दशमीको टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण...

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजया दशमीको टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण गरेको छ।

असोज १९ गते (विजया दशमीको दिन) विशिष्ट व्यक्तिले टिका लगाउने समय १ घण्टा छुट्याइएको छ। यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ।

इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई १९ गते दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ।

प्रकाशित मिति २०७९ असोज १३ गते बिहिबार ०५:४४
प्रतिक्रियाहरु