काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धिकरणका लागि विद्रोह गर्ने बेला आएको बताएका छन्।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र नयाँ संघर्षको बोध हुन लागेको बताउँदै पार्टी शुद्धिकरणका लागि अभियान आवश्यक रहेको बताए।
उनले भने,’ पार्टीभित्र शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। पार्टिभित्र नयाँ संघर्षको बोध हुन लागेको छ। आफ्नै पार्टीभित्र विद्रोही गर्ने बेला आएको छ।
उनले आफ्नो राजनीति गर्ने समय अब १० वर्ष मात्रै बाँकी रहेको बताउँदै कार्यकर्ताहरुलाई निराश बनाउने काम नगर्ने बताए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले केही काम गर्न नसकेको भन्दै आपत्ती जनाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारले डेंगु रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
डेंगु रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आपतकालीन बैठक बोलाएर योजना बनाउनुपर्ने बताए।
उनले भने,’ डेंगुको विषयमा सरकार गम्भीर भएन ।चाडबाडको बेलामा संक्रमण रोक्न केही भूमिका खेल्न सकेन । अब तुरून्त स्थानीय सरकार, प्रदेश र संघीय सरकारसहितको आपतकालिन बैठक बोलाउनुपर्यो ।’
कोभिड नियन्त्रण गर्न नसकेको भन्दै केपी ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा डेंगु नियन्त्रण गर्न नसकेको भन्दै आपत्ती जनाए।
उनले भने,’सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन। हिजो कोभिडको बेलामा ओली सरकारले काम गरेन भन्यौं। आज हाम्रै पार्टीको सरकार छ तर पनि काम गर्न सकेको छैन।
प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार ११:३३