बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने असोज २० गते काठमाडौं आउदै

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने  असोज २० गते काठमाडौं आउदै

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १५ गते शनिवार ११:०४

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । 'उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको...

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । ‘उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।

ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु’।

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।  एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ‘।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो ‘ उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन ‘। उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ’ ।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ’ ।

प्रकाशित मिति २०७९ असोज १५ गते शनिवार ११:०४
प्रतिक्रियाहरु