विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।
https://www.youtube.com/watch?v=2B8UehyjeCA
राई एक...
विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।
राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् ।
केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् ।
सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको बताइएको छ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् ।
साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् ।
यस विषयमा गायक राजेशपायलसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यो विषय उनले स्पष्ट पार्लान् वा अझै गुपचुप राख्छन् त्यो भने समयले नै बताउला !
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७