तालमेलमा सहमति नभएपछि एक्लै चुुनाव लड्ने कांग्रेसको निर्णय, माओवादीलाई धक्का !

तालमेलमा सहमति नभएपछि एक्लै चुुनाव लड्ने कांग्रेसको निर्णय, माओवादीलाई धक्का !

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १५ गते शनिवार ०२:५५

काठमाडौं । प्रतिनिधिसभा चुुनावको लागि गठबन्धन दलहरुबीच तालमेलमा चुुनौती देखिएको छ । गठबन्धन दलहरुबीच कसले कहाँ टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसले बेग्लै निर्णय गरेको छ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको...

काठमाडौं ।

प्रतिनिधिसभा चुुनावको लागि गठबन्धन दलहरुबीच तालमेलमा चुुनौती देखिएको छ । गठबन्धन दलहरुबीच कसले कहाँ टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसले बेग्लै निर्णय गरेको छ ।

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए। यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

महिला, खस-आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो। बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यता, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले यस्तो बताएका हुन् । उनले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो सं घर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको उनले बताए ।

श्रेष्ठले आगामी मंसिरमा हुने संघीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने समेत बताए । विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उनको भनाई छ ।

रवी लामिछानेको चम्कियो भाग्य, तोकिएको निर्वाचन क्षेत्रबाट चुनाव जित्ने कन्फर्म !
कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चुनाव लड्ने निर्वाचन क्षेत्र तोकेका छन् । उनले रवि लामिछानेलाई कञ्चनपुर ३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन् । निर्मला बलात्कार र ह’त्या प्रकरण पछि लामिछानेले भूमिका गलत रहेको ठहर गर्दै उनले आ’त्मरक्षा गर्नु पर्ने बताएका थिए ।

केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए । कञ्चनपुर ३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो । लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर उनी वि’रु’द्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ ।

तर, लामिछानेले अहिले सम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन् । हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन,कञ्चनपुर जान लागेका हुन्।भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्न पनि आग्रह गरेका छन् ।

यस्तो छ उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस
रवि लामिछानेजी निर्मलाको निर्मम ब’ला’त्कार–ह’त्या भएको भूमिमा हार्दिक स्वागत छ । आज तपाइँ निर्मला जन्मेको यो पवित्र भूमि महेन्द्रनगरमा आउन लागेको थाह पाउँदा खुसी लागेको छ ।

निर्मलाको न्याय–हरणको राज्य ष’डय’न्त्रमा तपाइँको भूमिकाबारे छातिमा हात राखेर आत्मसमिक्षा गर्नु होला । अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नुभयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ ।त्यस्तो अनुभूति भयो भने तत्कालिन उखुबारीमा गएर क्षमा याचना गर्नुहोला । आफूअझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला ।

तपार्इमाथि निर्मलाको न्याय–हरणको सर्वदलीय–सर्वपक्षीय ष’ड’यन्त्रमा ‘दलालको आ’रो’प लागेको छ । यो आरोप गलत हो भन्ने प्रमाणित नगरेसम्म तपाइँको राजनीतिक यात्रा ठ’गीको अर्को संस्करण मात्रै ठहरिने छ ।र, सबैभन्दा जरुरी कुरा तपाइँले अपराधी सावित गर्न खोजेको दिलिपसिङ बिस्टलाई भेटेर संसारलाई फेरि एक पटक भन्नू होला, निर्मलाको बलात्कारी हत्यारा दिलिप नै हो ।

यो पनि : जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’

भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्,

अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो ।

त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, उनले भने, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’\छानबिन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्‍योउने उनको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआ’क्रोश पैदा गरेको उनको भनाइ थियो ।

शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उनले बताए । यस्तै, उनले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने टिप्पणी गरे ।

फरक प्रसंगमा उनले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताए । उनले नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए । एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो ।त्यस्तै, उनले बढ्दो महँगी र भ्रष्टाचारवि’रुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताए । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए ।Source-newsparda

प्रकाशित मिति २०७९ असोज १५ गते शनिवार ०२:५५
प्रतिक्रियाहरु