अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, देशको माया गर्ने सबैले सक्दो शेर गर्नुस

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, देशको माया गर्ने सबैले सक्दो शेर गर्नुस

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १५ गते शनिवार ०४:४०

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, सक्दो शेर गर्नुस (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस) काठमाडौं । अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग...

अमेरिका र बेलायत मै भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, सक्दो शेर गर्नुस (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

काठमाडौं ।

अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´। यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ ।

यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्ष,अघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो ´।

नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो ।१८५६ को नक्सा : ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन

यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर IOR.X/2996/1 मा संग्रहित छ´ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफि,क संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो´।

अझ, वर्तमान भारतले त लिपुखोला,भन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैँले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ´।

सीमाविद्को सीमाहीन खुसीचीन, बेलाय,त र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए ।बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ´।

यो पनि हेर्नुहोस. पञ्चायतविरुद्ध बझाङ काण्डका ६० वर्ष – बझाङमा ओमजंजबहादुर सिंहले विद्रोह गरेको ६० वर्ष पुगेको छ । पञ्चायतविरुद्ध विद्रोह गरेका उनलाई राजा महेन्द्रले मार्न लगाएका थिए । ओमजंगबहादुरको ११ असोज २०१९ मा सेनाले हत्या गर्‍यो ।

३ असोज २०७८ मा सरकारले बझाङका ओमजंगबहादुर सिंहलाई ‘प्रबल जनसेवाश्री’ पदवी दिने घोषणा गर्‍यो । सिंह तिनै हुन्, जसलाई राजा महेन्द्रले राज्यद्रोहको आरोपमा मार्न लगाएका थिए ।

पञ्चायती व्यवस्था ओमजंगसँग कति रिसाएको थियो भने उनलाई खाना खुवाएकोमा चन्द्रदेव जोशीहरूले देश छाडेर भाग्नुपर्‍यो ।

‘रातारात भागेर पिथौरागढ पुगें’, ६० वर्ष अगाडिको घटना सम्झिंदै पूर्वमन्त्री जोशी भन्छन्, ‘दोहोर्‍याएर आएको शाही फौजले मलाई फेला नपारेपछि मेरी आमा, हजुरआमा सबैलाई यातना दिए ।

 

प्रकाशित मिति २०७९ असोज १५ गते शनिवार ०४:४०
प्रतिक्रियाहरु