काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडाैंका स्थानीयवासीहरुले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन...
काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडाैंका स्थानीयवासीहरुले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
खाेटाङमा गुडिरहेको बसमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हाे ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।
प्रहरीका अनुसार बसमा आगलागी भएपछि यात्रुहरूले भागेर ज्यान जोगाएका हुन् ।
आगलागीबाट दशैं-तिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको छ । बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रु रहेको प्रहरीले बताएको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७