माओबादीमा पहिरो केन्द्रीय सदस्य सहित नेताहरु एमालेमा प्रवेश भए पछि गयो प्रचण्डको सात्तो

माओबादीमा पहिरो केन्द्रीय सदस्य सहित नेताहरु एमालेमा प्रवेश भए पछि गयो प्रचण्डको सात्तो

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १७ गते सोमबार १२:१९

ललितपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सरोज डंगोल र गत स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका बाबुराजा बज्राचार्यसहित ललितपुरका माओवादी नेताहरू एमालेमा प्रवेश गरेका छन् । शनिवार च्यासलस्थित...

ललितपुर ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सरोज डंगोल र गत स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका बाबुराजा बज्राचार्यसहित ललितपुरका माओवादी नेताहरू एमालेमा प्रवेश गरेका छन् ।

शनिवार च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट माला लगाएर उनीहरू एमाले प्रवेश गरेका हुन् । बज्राचार्य माओवादीबाट गठबन्धनको उपमेयर उम्मेदवार थिए तर ललितपुर महानगरको उपमेयरमा एमालेकी आस्था शाक्य निर्वाचित भइन् ।

सोही कार्यक्रममा ललितपुर महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादीका केन्द्रीय सहकारी विभाग सदस्य तथा ललितपुर जल्ला बचन संघका अध्यक्ष रामहरी बजगाईँ,गत चुनावमा महानगरको १६ र २० नम्बरका वडाध्यक्ष उम्मेदवार राजेन्द्र शाक्य र धनबहादुर महर्जन समेत एमाले प्रवेश गरेका छन् ।

एमालेले उम्मेदवार हालसम्म टुंग्याउन सकेको छैन । खासमा केमा अड्किरहेको छ ?
नेकपा एमाले वा एमालेको संकटको कुरा गर्दा एमालेलाई मात्रै व्यवस्थापन गरेर हुँदैन । यसको इतिहास, सामथ्र्य, कार्यकर्ता शक्ति र नेपालको वाम आन्दोलनकै व्यवस्थापन गर्नुपर्दछ । एमालेको जिम्मेवारी त्यो हो, त्यो सामर्थ्य पनि एमालेमा छ ।

त्यसभन्दा अलि अघि जाँदा हाम्रो समग्र राजनीति, जसलाई मैले राजनीतिक स्थिरता भन्ने गरेको छु, त्यो राजनीतिक स्थिरतालाई ग्यारेन्टी गर्नुपर्दछ । लोकतान्त्रिक व्यवस्था, संरचना लगायतलाई एमालेले व्यवस्थापन गर्नुपर्दछ । यसलाई नेतृत्व गर्नुपर्दछ । त्यो भन्दा अगाडि एमालेले वाम आन्दोलनलाई लिड गर्नुपर्दछ । त्यसभन्दा पनि अझ अघि स्वयं एमालेलाई एकतावद्ध गराउनुपर्दछ ।

एकतावद्ध पार्ने भनेको नीति, विचार, सिद्धान्त र प्रक्रियामा हो । संविधान बमोजिम हामी चल्छौं कि चल्दैनौं भन्नेमा हो । वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न सक्दैनथ्यो । एकीकृत समाजवादीले झन् गर्न सक्ने कुरै भएन । वाम आन्दोलनको नेतृत्व गर्नुपर्ने त एमालेले नै हो । त्यो अवसर हामीले गुमाएका छौं । यो एउटा संकट हो ।

दोस्रो, अहिले पनि एमाले आन्तरिक लोकतन्त्रका साथ एकतावद्ध भयो भने आगामी धेरै चुनौती सामना गर्न सक्छ । तर, हामीले केही गल्ती गरेका छौं । गत महाधिवेशनबाट सम्पूर्ण जिम्मा कमरेड ओलीलाई दियौं । पार्टीको नेतृत्व उहाँले बनाउने भन्ने जस्तो गरी गलत निर्णय गर्‍यौं । त्यसको कारणले गर्दा जिल्लामा पनि ओलीकै प्रतिनिधिहरु भए । गाउँमा पनि तिनीहरुले नै नेतृत्व गर्ने भए ।

स्थानीय तहको चुनावमा पनि करिब करिब महाधिवेशनकै जस्तै भयो । तल्लो तहमा भएका निर्णयमा माथिको निर्णय हाबी भयो । तलका निर्णयहरु जस्ताको त्यस्तै लागू भएनन् । उम्मेदवार हुने प्रक्रिया केन्द्रिकृत गरियो । धेरै ठाउँको उम्मेदवार त कमरेड ओलीले नै तोक्नुभयो, जसको कारणले गर्दा ठूलो क्षति भयो । त्यो क्षति सानो तिनो होइन । कमसेकम अरु ५०÷६० सिट हामीले सजिलै जित्न सकिने थियो ।

हिजो र अस्ति (बिहीबार र बुधबार) को बैठकको कुरा मैले सुनें । गर्नै नहुने निर्णय हाम्रो सचिवालयले गर्‍यो । सचिवालयको बैठक दुई दिन बस्यो र सबै निर्णय अध्यक्षले गर्ने भनेर तोक्यो । सचिवालयले पार्टीलाई विधि अनुसार चलाउन र संघ र प्रदेशका उम्मेदवार तोक्न सक्दैन भने बैठक नै किन बस्नुपर्‍यो ? बैठक नै जरुरी भएन ।

बैठक नै हो भने त यस्तो निर्णय गर्दा व्यक्तिलाई निर्णयको अधिकार दिनु एकदमै गलत हो । ओलीलाई निर्णय गर्ने अधिकार त उहाँहरुले दिइसक्नुभएको छ । अब कमरेड ओलीको विवेकले जे देख्छ, निर्णय त्यही हुन्छ । ओलीसँग राम्रो विवेक पुर्‍याउने अपेक्षाबाहेक हामीसँग अरु विकल्प छैन ।

विगत हेर्दा चाहिँ ओलीले कति विवेक पुर्‍याउनु होला ?
इतिहास जस्तो बनायौं, त्यस्तै बन्यो । भविष्य कस्तो हुन्छ भन्दा हामीले जस्तो बनाउँछौं, त्यस्तै हुन्छ । एमाले स्वयंले आफ्नो भविष्य जस्तो बनाउँछ, त्यस्तै हुन्छ । निर्णयको हिसाबले कमरेड ओलीले जस्तो बनाउनुहुन्छ, एमाले त्यस्तै बन्छ ।

यो भनेको त तपाईंहरुमा हामीले एमाले बनाउँछौं भन्ने अवस्था पनि रहेन, होइन ?
एमाले त हामीले निर्माण गरेकोे एमाले हो । हामी भनेको सचिवालय, अध्यक्ष, महासचिव, केन्द्रीय कमिटी मात्रै होइन । समाजका असल मान्छेहरुको शीला टिप्दै टिप्दै उठाएको विराट आन्दोलन हो । यो आँखाबाट हेर्दा आज जे जति देखिएको छ, ती अनपेक्षित छन् । असंख्य मान्छेहरुले निर्माण गरेको आन्दोलन हो ।

जस्तो, म विद्यार्थी आन्दोलनबाट आएको हुँ । आन्दोलन नभएको विद्यार्थीकालमा कुनै दिन थिएन । आन्दोलनका कारण वर्षभरि नै जेलमा मानिसहरु खाली हुँदैनथे । केही केही व्यक्तिले प्राण नदिएको त कुनै वर्षै हुने थिएन ।

विद्यार्थीमा जस्तै किसान, महिला, युवा सबैको विराट अभियान थियो । यसको भविष्यको रक्षा गर्ने भनेको ती अगणित सबै मानिसहरुको हो । लाखौं मान्छेहरुको भावना, तर्क, वुद्धि, संवेदना बोक्ने र साझा लिडरसिपले मात्रै पार लगाउनसक्छ । हामी त्यो बाटो अहिले हिँडेका छैनौं ।

तर चुनाव सुरु भइसकेको छ । एमालेलाई कसरी राम्रो बनाउन सकिन्छ भनी यसको विचार, सिद्धान्त, विधि, विधान, पद्धतिमा छलफल गर्ने समय हामीसँग छैन । यसबारे मैले अहिले छलफल गर्नु राम्रो पनि हुँदैन । सचिवालयले कमरेड ओलीलाई उम्मेदवार बनाउने अधिकार दिइसक्यो । उहाँले गुटबन्दी नगरेर, त्यसबाट माथि उठेर निर्णय गर्नुहोस् भन्ने अपेक्षा गर्छौं ।

यद्यपि, १० भाइ र १० बुँदे कुराहरु पनि आइरहेका छन्, जुन अनपेक्षित छन् । नआउनुपर्ने कुराहरु आइरहेका छन् । गएको १० दिनदेखि हल्ला चलिरहेको छ, १० बुँदेहरुलाई टिकट दिइँदैन । त्यसमा आधिकारिक रुपमा भने कोही बोल्दैनन् ।

१० बुँदे भनेको निश्चित १० वा २० जनाको प्रतिनिधित्व होइन । पार्टीभित्र आएको ठूलो समस्यालाई कसरी समाधान गर्ने, पार्टीलाई कसरी जोगाउने, सत्यानाश हुनबाट जोगाउन ३/४ महिना हामी बहुमत राम्रोसँग लागेर एउटा निष्कर्षमा पुग्यौं । वास्तवमा त्यो पार्टीको निर्णय हो ।

तर केपी ओलीको मन जितेन भने एमाले टिकट पाउन त कठिन छ भनिन्छ नि ?
सबै शक्ति ममा केन्द्रित भएको भए पनि यस्तै हुन्थ्यो । अहिले कमरेड ओली अध्यक्ष हुनुहुन्छ र पार्टी कमिटीले नै निर्णय गर्ने जिम्मा कमरेड ओलीलाई दिन्छ भने त स्वभावैले उहाँले चाहे दिनुहुन्छ, नचाहे दिनुहुन्न भन्ने परिस्थिति आयो ।

हामीले जुन प्रक्रिया अपनायौं, यसले फेरि त्यही देखाउने भयो । यदि त्यो सारा शक्ति मसँग हुन्थ्यो भने मान्छे घनश्याम भूसालसँग त्रस्त हुन्थे, डराइराखेका हुन्थे । घनश्याम भूसालको हातमा शक्ति केन्द्रित हुने या कमरेड केपी ओलीका हातमा शक्ति केन्द्रित हुने गलत तरिका हो । यो तरिका लोकतान्त्रिक तरिका होइन, वामपन्थी तरिका होइन ।

हिजो माधव नेपाललाई धोका दिनेले भोलि ओलीलाई पनि धोका दिन सक्छन् । उनीहरुलाई टिकट नदिनु ठीकै हो भनेर राम्रैसँग खुच्चिङ भन्नेहरु पनि भेटिन्छन् नि ?

मैले धेरैचोटी भनिसकेको छु, यो हामी माथिको आक्षेप हो । राजनीतिमा को कता लाग्ने भन्ने खुल्ला छ, त्यो धोकाधडी हुँदैन । जहाँसम्म माधव नेपाललाई त्यहाँसम्म पुर्‍याएर छोडियो भनेर कसैले भन्छ भने त्यो हामीले लामो छलफल गरेर सामूहिक रुपमा गरेको निर्णय हो १० बुँदे । तर माधव कमरेडले त्यसको अपनत्व लिनुभएन र उहाँ हिँड्नुभयो भनेपछि कहाँ धोकाधडीको कुरा छ र ?

माधवकुमार नेपालले आफ्नो पार्टी बनाएर जानुभयो, केपी ओलीले तिमीहरुले साथ दिएनौं भन्नुभयो । त्यसैले अहिले तपाईंहरु यता न उताको हुनुभयो ।चिनियाँ कम्युनिष्टहरुले हामी धनी हुन पर्‍यो भनेर क्रान्ति गरे । त्यो रफ्तारमा विकास गर्दा पनि पेटभरि भात खान, एक आङ लुगा लगाउन, बच्चाबच्चीले पढ्न, आफूलाई आवश्यक पर्दा औषधीमूलो गर्न उनीहरुले ७० वर्षदेखि संघर्ष गर्नुपर्‍यो ।

हामीले त मुलुकमा समाजवाद ल्याउने भनेका छौं, मुलुकलाई समृद्ध बनाउने भनेका छौं, त्यसअर्थमा यो बाटो त कठिनाइ नै कठिनाइको हो । यो कठिनाइको बाटो हामी सामूहिक रुपमा हिँड्छौं कि हिँड्दैनौं ? यसमा हामी सफल हुन्छौं कि हुदैनौं ? भन्नेले हाम्रो सफलता र असफलताको मापन हुन्छ । संगठनमा, नेतृत्वमा कमजोरीहरु हुन्छन्, तर त्यो गल्तीलाई सुधार्ने संरचना पार्टीमा छ भने कम क्षति व्यहोर्छ । पार्टीभन्दा व्यक्ति ठूलो भइदियो भने आन्दोलनले भयंकर ठूलो क्षति व्यहोर्छ ।

नेकपा एमालेभन्दा व्यक्ति ठूलो भएको हो कि होइन ? यसका अधिकारीहरु ठूला भएका हुन् कि पार्टी ? भन्ने विषयमा पछि छलफल गर्छाैं । यस्ता कमी कमजोरीबारे छलफल गर्ने समय रहेन, पछि छलफल गर्छाैं । अहिले त संसद विघटन गर्नु ठीक हो भनेर विघटन गर्नेहरु पनि यहीँ छौं, संसद विघटन गर्नु गलत हो भनेर त्यसविरुद्ध विद्रोह गर्ने, मन्त्री पद छोडेर सडकमा पुग्नेहरु पनि यहीँ छौं । सबै एक ठाउँ भएर जाँदैछौं । नेकपा एमाले अहिले अप्ठ्यारोमा छ तर अरुको तुलनामा हेर्नुहुन्छ भने हामी अप्ठ्यारोमा छैनौं पनि ।

एमालेले पार्टी बहुमत ल्याउने भनेर अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । तपाईंहरुलाई टिकट दिँदा त आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न भूमिका खेलेको इतिहास नदोहोरिएला भन्ने के छ र ?

मान्छेको नाम, राशी, कुण्डली हेरेर गर्ने कुरा त एउटा होला । राजनीतिक कुरा हो भने हामीले गरेको भनेको त संसद विघटनको विरोध मात्रै हो । संसद विघटनको कुरा सानोतिनो होइन । हाम्रो मुलुकमा गएको ७० वर्ष भूराजनीतिक शक्तिले खेलेर या हामीभित्र कमजोरी रहेर प्रतिगामीहरुले गर्ने भनेको मुलतः लोकतन्त्रलाई अस्थिर पार्न संसदलाई हान्ने हो ।

राजा महेन्द्रले पनि संसदलाई हाने, गिरिजाप्रसाद कोइरालाले पनि संसदको गरिमा कायम गर्न सक्नु भएन, ज्ञानेन्द्रले पनि संसदलाई नै हाने । नेकपा एमालेले पनि संसदलाई हान्ने हो, अस्थिर पार्ने हो भने संसदको माइबाप को हुन्छ ? यो संविधानको माइबाप को हुन्छ ? हामी होइन ?

संसदको विघटन, जसले संविधानलाई अस्थिर बनाउँछ, संविधानलाई कमजोर बनाउँछ, त्यो नगरौं भन्दा टिकट पाइँदैन भने त जोसुकै क्रान्तिकारी यसका लागि तयार हुनुपर्छ ।

Source-newsparda

प्रकाशित मिति २०७९ असोज १७ गते सोमबार १२:१९
प्रतिक्रियाहरु