नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
महरा आफैंले नाम हटाउन लगाएको स्रोतले...
नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
महरा आफैंले नाम हटाउन लगाएको स्रोतले बतायो। उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।
उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।
उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एकपटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।
महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।
महराले माओवादी केन्द्रको सांस्कृतिक मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी ‘जनयुद्ध’मा समेत भूमिगत थिइन्। महराका दुई छोराछोरीसहित सिंगो परिवार ‘जनयुद्ध’मा भूमिगत भएको थियो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७