काठमाडौँ । जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै छन् ।
केही समयदेखि विदेशमा रहेका लामिछाने आज कतार एयरवेजको उडानबाट बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ । जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै छन् ।
केही समयदेखि विदेशमा रहेका लामिछाने आज कतार एयरवेजको उडानबाट बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका हुन् । उनले काठमाडौँ आएलगत्तै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका छन् ।
केही दिन अघि नै उनले आफू आज (अक्टोबर ६ तारिख)का दिन स्वदेश फर्किने र सम्बन्धित अख्तियारप्राप्त अधिरकारीसमक्ष आत्मसमर्पण गर्ने जानकारी फेसबुकबाट दिएका थिए । उनले आफू निर्दोष रहेको र अनुसन्धानमा सबै तवरले सघाउने समेत बताएका छन् ।
क्रिकेट खेलकै क्रममा विदेशमा रहेको बेला गत भदौ २१ गते उनीविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । त्यसलगत्तै प्रहरीले अदालतबाट पक्राउपूर्जी काटेर उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत १० दिनअघि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।
डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशका प्रहरीले आफ्नो देशमा सन्दीप भए-नभएको खोजी गरेर पक्राउ गर्न सक्थे ।
अब सन्दीप काठमाडाैँ पुगेलगत्तै प्रहरी हिरासतमा बस्नेछन् । उनलाइ थुनामा राखेर नै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७