काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर हत्कडी लगायो । दोहाबाट आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले आफै प्रहरीमा आत्मसमर्पण गर्ने बताइरहेका थिए ।
आफैले सूचना जाहेर गरेर प्रहरीसामु उपस्थित हुने र यसमा प्रहरीले सहयोग गर्नुपर्ने बताइरहँदा पनि प्रहरी भने दलबलसहित विमानस्थलमै पुग्यो । फरार अपराधीलाईजसरी मिडियासहितको उपस्थितिमा प्रहरीले हतकडी लगाएर लग्यो । सन्दीपले आफ्ना कानुन व्यवसायीमार्फत प्रहरीमा आत्मसमर्पण गर्ने बताएर प्रहरीसामु याचना गरे पनि उनलाई उक्त अवसर दिइएन । उनकाे हातमा हतकडी लगाएर रूमालले छाेपिएकाे देखिन्थ्याे ।
सन्दीका कानुन व्यविसायी सरोज घिमिरेले पनि प्रहरीले अन्याय गरेकाे बताएका छन् । सन्दीपले आफूलाई गौशाला प्रहरी वृत्तमा आत्मसमर्पण गर्ने योजना र यसबारे गौशाला प्रहरीमा खबर गरिसकेकाे अवस्थामा गौशाला प्रहरीकै टोली एअरपोर्ट पुगेर पक्राउ गरिएकाे भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सन्दीपलाइ पक्रेर गाैशाला प्रहरीमै लगे पनि त्यही कुरेर बसेका उनका वकिल घिमिरेलाइ पनि भेट्न नदिइएकाे बताए ।
‘प्रहरीले सीधै भेट्न नपाइने हुँदा निवेदन लिएर आउनुस् भनेकाे थियाे,’ कानुन व्यवसायी घिमिरेले भने, ‘म निवदेन लिएर आउँदाआउँदै सन्दीपलाई मेडिकलको लागि भनेर अस्पताल लगेको थाहा पाएँ, भेट्न पाइएन ।’ उनले सिंगाे रान्य सन्दीप विरूद्ध लागेकाे समे अाराेप लगाए ।
यस विषयमा अहिले धेरैतिर चर्चा र बहस हुन थालेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत प्रहरीको यो कार्यको आलोचना भएको छ भने सन्दीपमाथि सहानुभूति दर्शाइएको छ । पूर्व सैन्य अधिकारी एवं लेखक र खरो टिप्पणीकर्ता राजेन्द्र थापाले सामाजिक सञ्जालमा लेख्दै नेपालमा हत्कडीबारे नयाँ कानुन बन्नुपर्ने चर्चा गरेका छन् ।
‘सन्दीपलाई हतकडी लगायो पुलिसले । न भाग्ने न आक्रमण गर्ने डर होला पुलिसलाई । तब किन हतकडी लगायो ?’ उनले गम्भीर प्रश्न उठाएका छन्, ‘नेपालमा हतकडीबारे कुनै कानुन बनाउने चासो गणतान्त्रिक सदनलाई नभए पनि विदेशमा हतकडी लाउन ठोस कारण हुनुपर्छ । कता छ मानव अधिकार आयोग ? किन कानुन बनाउन दवाव दिँदैन ?
थापाले थप भनेका छन्, ‘भारतीय कानुन पढ्दा मैले सम्झेअनुसार हतकडीबारे प्रष्ट कानुन छ । पक्राउ गरिइएको व्यक्ति यदि राजी नभएमा, यदि भाग्ने डर भएमा, यदि प्रहरीमाथि आक्रमण गर्ने प्रयाप्त सम्भावना भएमा या गम्भिर फौजदारी घट्दाघट्दै रेड ह्यान्ड पक्राउ परेको भएमा बाहेक अन्य अवस्थामा हतकडी लाएमा अदालतमा जवाफ दिनु पर्नेछ । साथै आफै प्रहरीसामु पर्न आएमा हतकडी लगाइन्न ।
आज सन्दीपले पहिले नै आगमन सार्वजनिक गरेको र प्रहरी सामु रिपोर्ट गर्ने घोषणा गरिसकेको अवस्थामा किन हतकडी लगाइयो ? भन्दै उनले प्रश्न उठाएका छन् ।
प्रकाशित मिति २०७९ असोज २० गते बिहिबार ०२:४०