कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति हुदैंन, त्यसैले हत्कडी लगाउन निर्देशन दिएका हौंः प्रहरी प्रमुख भरतबहादुर बोहोरा

कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति हुदैंन, त्यसैले हत्कडी लगाउन निर्देशन दिएका हौंः प्रहरी प्रमुख भरतबहादुर बोहोरा

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २१ गते शुक्रबार १०:१९

काठमाडौं । विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो । किनकि, यसपटक विमानस्थलमा लामिछानेविरूद्ध जारी...

काठमाडौं ।

विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो ।

किनकि, यसपटक विमानस्थलमा लामिछानेविरूद्ध जारी भएको पक्राउ पूर्जी बोकेर प्रहरी टोली कुरिरहेको थियो । उनी सवार जहाज १० बजे काठमाडौं अतवरण गर्ने निर्धारित समय थियो । मौसमका कारण केही ढिलाइ हुँदा थप एक घन्टा लाग्यो ।

ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । अरु बेला विशिष्ट व्यक्तिलाई यसरी भीआईपी कक्षतिर ल्याइन्थ्यो । यसपटक चाहिँ नाबालिग बलात्कारका आरोपीका रुपमा प्रहरीले लामिछानेलाई त्यो माइक्रो चढाएको थियो ।

प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने
त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।

गाडीबाट ओर्लिएपछि उनी ‘अराइभल’को रिसेप्सनमा पुगे । त्यहाँ अध्यागमनको प्रक्रिया पूरा भएपछि प्रहरीले उनलाई हत्कडी लगाइदियो । कानून व्यवसायी सरोजकृष्ण घिमिरेले लामिछानेले आफैं आत्मसमर्पण गर्ने भन्दै विमानस्थलमा हत्कडी नलगाइदिन भनिएको बताएका थिए ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार प्रहरीलाई त्यस्तो कुनै निवेदन आएको थिएन । ‘निवेदन आएपनि कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति भन्ने हुँदैन,’ उनले भने, ‘अरु अभियुक्त सरह नै लामिछानेलाई पनि व्यवहार गरिन्छ ।’

प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । हत्कडी लुकाउने प्रयास गरे ।

प्रहरी वृत्त, गौशालाले उनीविरुद्ध नाबालिक बलात्कारसम्बन्धी किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न सहजिकरण गरिदिन भन्दै पहिल्यै अध्यागमन विभागलाई पत्राचार गरिसकेको थियो ।

पत्रको बोद्यार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई दिइएको थियो । त्यही अनुसार उनलाई विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ गर्न प्रहरी परिचालित थियो ।

 

प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार १०:१९
प्रतिक्रियाहरु