एमालेका दुइ होनाहार नेता घनश्याम र भिम रावलले किन टिकट पाएनन? यसो भन्छन ओली हेर्नुहोस भिडियो सहित

एमालेका दुइ होनाहार  नेता घनश्याम र भिम रावलले किन टिकट पाएनन? यसो भन्छन ओली हेर्नुहोस भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २२ गते शनिवार ११:३४

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई बुझाएको सूचीमा...

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई बुझाएको सूचीमा भुसालको नाम समेटिएको छैन । ओलीले उक्त प्रदेशको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची विश्वकर्मालाई बुझाएका छन् । तर, उक्त लिस्टमा भुसालको नाम समावेश छैन ।

अछाम १ मा भीम रावललाई पनि टिकट नदिएका ओलीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका भुसालको टिकट खोसेका छन् ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभामा भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस गरेको थियो । तर, ओलीले भुसालको नाम काटेका छन् । रुपन्देही ३ मा राप्रपाले पाउनुपर्ने भनेको छ तर टुंगो लागेको छैन ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अछाम–१ मा नेता भीम रावललाई छाडेर झपट बोहोरालाई टिकट दिएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर एमालेमा भित्रिएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जसमेत हुन् । रावलसँग अनेक तिक्तता खेपेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सबक सिकाउन लागि पनि बोहोरलाई टिकट दिएको बताइएको छ ।

टिकट वितरणको अन्तिम जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ
। र, ओलीले अछाम १ मा बोहोरलाई नै टिकट दिने अन्तिम निर्णय गरिसकेका छन् ।

तर, उता अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संसद् विघटन गर्दा रावल ओलीविरुद्ध खरो रुपमा उत्रिँदै माधवकुमार नेपाललाई साथ दिएका थिए । पछि नेपालले अलग्गै पार्टी खोले पनि रावलसहितका नेताहरु दशबुँदे समझदारी गरी एमालेमै फर्किका थिए ।

पछि एमालेको चितवनमा महाधिवेशनमा पनि सर्वसम्मतिमै पदाधिकारी टुंगो लगाउने भनिए पनि रावल अध्यक्षमा उम्मेदवारी बनेका थिए । अध्यक्षको उम्मेदवार बने पनि उनी ओलीसँग पराजित भएका थिए ।

प्रकाशित मिति २०७९ असोज २२ गते शनिवार ११:३४
प्रतिक्रियाहरु