एमाले नेता बालकृष्ण ढुंगेलको निधन

एमाले नेता बालकृष्ण ढुंगेलको निधन

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २२ गते शनिवार ०१:०७

नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा...

नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी  २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ ।

यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ । आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति २०७९ असोज २२ गते शनिवार ०१:०७
प्रतिक्रियाहरु