चितवन-३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने भए पछि भागेका हुन् प्रचण्ड

चितवन-३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने भए पछि भागेका हुन् प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २३ गते आईतबार ०२:२१

२३ असोज, चितवन । चितवन-३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । आइतबार अनलाइनखबरसँगको...

गण्डकीमा माओवादीका उम्मेदवारः प्रचण्डदेखि अमृता थापामगरसम्म (सूचिसहित)

२३ असोज, चितवन । चितवन-३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । आइतबार अनलाइनखबरसँगको कुराकानीमा दिनेशले आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए ।

एमालेको समर्थनमा उम्मेदवारी दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मैले उम्मेदवारी दर्ता गर्ने भएँ, उम्मेदवारी दर्ता गरौं अरु कुरा पछि हुन्छ ।’ कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।

नेकपा माओवादी केन्द्रले मनोनयन समय सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको टुंगो लगाएको छ । चितवन–१ बाट यसअघि चुनाव जितेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक गोरखा-२ बाट उम्मेदवार बन्ने ३ दिनअघि माओवादीले निर्णय गरेको भए पनि कास्की, पर्वत लगायतका जिल्लामा टुंगो लगाउन सकेको थिएन ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टलाईले आफ्नो क्षेत्र प्रचण्डका लागि सहज बनाइदिएसँगै गण्डकी प्रदेशले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई नै उम्मेदवार पाएको छ । पार्टी महासचिव देव गुरुङको यसअघि नै लमजुङबाट प्रतिनिधि सभाका उम्मेदवार तय भइसकेको थियो ।

गोरखामा २ प्रतिनिधि सभामध्ये ५ दलीय गठबन्धनबाट भएको सम्झौताअनुसार एउटा प्रतिनिधि सभा र अर्को एउटा प्रदेश सभा माओवादीले पाएको छ । निर्वाचन क्षेत्र १ को ‘क’बाट कृष्ण धितालले अवसर पाउने भएका छन् ।

तनहुँमा माओवादीले २ वटा प्रदेश सभा पाएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ मा फेरि पनि हरिबहादुर चुमानले नै टिकट पाएका छन् । उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपा सरकारमा आन्तरिक तथा कानुनमन्त्री थिए । तनहुँकै अर्को निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा पूर्व विद्यार्थी नेता मदन आलेलाई पन्छाउँदै राजेन्द्रकेशरी न्यौपानेले टिकट पाएका छन् ।

सबैभन्दा गाह्रो माओवादीलाई टिकट बाँडफाँडमा कास्की भएको थियो । कास्की क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य राजकाजी गुरुङले दाबी गर्दै आएका थिए भने क्षेत्र नम्बर ३ माओवादीले पाउँदा संविधान सभा सदस्य दुर्गा विक र रामजी बरालबीच टिकटका लागि हानथाप थियो ।

भागबन्डाको क्रममा माओवादीले कास्कीको क्षेत्र नम्बर ३ पाएको छ, जहाँ अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका रामजी बरालले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ को ‘ख’ मा दुर्गादत्त भण्डारी, क्षेत्र नम्बर २ को ‘क’मा विश्वप्रकाश लामिछाने र ३ को ‘क’मा दीपक कोइरालाले टिकट पाएका छन् ।

स्याङ्जामा पनि टिकट वितरणमा माओवादी नेतृत्वलाई सकस परेको थियो । अघिल्लो निर्वाचनदेखि नै दाबी गर्दै आएका माओवादीका नेता शैलेन्द्र घिमिरेले यसपाली जसरी पनि टिकट पाउनुपर्ने अडान राख्दै आएका थिए । तर, माओवादीले अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष अमृता थापामगरलाई प्रदेशको टिकट दिएको छ । उनले क्षेत्र नम्बर १ को ‘क’ मा टिकट हात पारेकी हुन् ।

बागलुङमा माओवादीले प्रतिनिधि सभा २ पाएको छ र यहाँ यसपटक पनि शिक्षामन्त्रीसमेत रहेका नेता देवेन्द्र पौडेल उम्मेदवार छन् ।

यसैगरी म्याग्दीमा पनि माओवादीले प्रतिनिधि सभा पाएको छ । पुराना माओवादी नेता गोविन्द पौडेलले म्याग्दीबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने अवसर पाएको माओवादी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

प्रकाशित मिति २०७९ असोज २३ गते आईतबार ०२:२१
प्रतिक्रियाहरु