काठमाडौं २ बाट उठ्ने भनेका कुलमान घिसिङले पाएनन टिकट

काठमाडौं २ बाट उठ्ने भनेका कुलमान घिसिङले पाएनन  टिकट

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २३ गते आईतबार १०:१८

काठमाडौं- पूर्व अर्थमन्त्री बर्षमान पुनले रोल्पा १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। माओबादी नेता पुनलाई अध्यक्ष पुष्पकमल दाहालले टिकट दिएका हुन्। उनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तीले काठमाडौं २ बाट टिकट पाएकी...

काठमाडौं- पूर्व अर्थमन्त्री बर्षमान पुनले रोल्पा १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। माओबादी नेता पुनलाई अध्यक्ष पुष्पकमल दाहालले टिकट दिएका हुन्। उनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तीले काठमाडौं २ बाट टिकट पाएकी छिन्।

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट टिकट पाएका छन्। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि १२ः३० मा मनोनय पत्र दर्ता गरेका छन्।

ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर ३ बाट टिकट पाएकी छिन्। काठमाडौंबाट माओबादीको टिकटमा निर्वाचन लड्ने भनिएका विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने टिकट पाएनन्।

गोरखा : प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाएकामा अपार खुसी लागेको डाक्टर बाबुराम भट्टराईले बताएका छन् । गोरखा २ मा प्रचण्डको उम्मेद्वारी दर्तापछि बोल्दै डाक्टर भट्टराईले प्रचण्डको नेतृत्वमा गोरखाबाटै नेपालको संवृद्धिको अभियान सुरु हुने विश्वास व्यक्त गरे ।

प्रचण्डलाई आफ्नो सिट सुम्पिन पाएकोमा अत्यन्त हर्षित रहेको उनको भनाइ थियो । ‘उहाँजस्तो व्यक्तित्वलाई मैले नेतृत्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा आज म यति खुसी छु, यो खुशी नाप्ने कुनै यन्त्रको आविष्कार भएको छैन’, डाक्टर भट्टराईले भने

म साँच्चै नै अन्तर्यदेखि के भन्छु भने नेपालको ऐतिहासिक भौगोलिक एकीकरण, लोकतान्त्रिक नेपालमा लखन थापादेखि सुरेश वाग्लेसम्मको योगदान, र संवृद्धिकरणको युगमा फेरि एउटा उचाइ हाँसिल गर्नुपर्ने आवश्यकता छ, त्यसको नेतृत्व गर्ने अवसर पनि अब गोरखाले पायो ।

त्यसैले म आज अत्यन्तै खुसी छु ।’ जीवन रहेसम्म कुर्चीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको र आफ्नो क्षेत्र आफूभन्दा सक्षम व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकामा पनि उनले अपार खुशी व्यक्त गरे ।

सोही अवसरमा बोल्दै प्रचण्डले युवा अबस्थामा आफूले गोरखाको आरुघाटमा लामो समयसम्म अध्यापन गराएको, जनयुद्धको तयारीका बेला हेडक्वाटर गोरखालाई बनाएको र सैनिक तालिमको थालनी पनि गोरखाको सिरानचोकलाई बनाएको भन्दै उनले गोरखा आफ्ना लागि अत्यन्त प्रिय रहेको बताए ।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने संकल्पका साथ गठबन्धन गरेको बताउँदै उनले अबको नयाँ नेपाल निर्माण गोरखाबाटै थालनी गर्ने आफूहरुको प्रतिवद्धता रहेको बताए ।

प्रकाशित मिति २०७९ असोज २३ गते आईतबार १०:१८
प्रतिक्रियाहरु