सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता भेटिए पछि अदालतले दियो यस्तो अनुमति

सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता भेटिए पछि अदालतले दियो यस्तो अनुमति

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २४ गते सोमबार १२:३५

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बला’त्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै...

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बला’त्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।

गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।

त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए। पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो।

त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए। जिल्ला अदालतका एक न्यायाधीशको इजलासले सोमबार पहिलो पटक म्याद थप गरेको हो। अब दोस्रो पटक म्याद थपका लागि असोज २७ गते अदालत पेस गर्नु पर्नेछ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीप न्यायिक हिरासतमा रहेका छन्। यसअघि दशैं बिदाका कारण उनलाई अदालत पेस गर्न सकिएको थिएन। आजबाट अदालतको सेवा सुरु भएकाले अदालत लगिएको हो।

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्का’रको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ । सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् ।

बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे ।

म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।

यस्तै काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बला’त्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।

गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो।

 

प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार १२:३५
प्रतिक्रियाहरु