जाहेरवालाकै आग्रहमा भेटेको हुँ, उनी नाबालिग होइनन् : सन्दीप लामिछाने

जाहेरवालाकै आग्रहमा भेटेको हुँ, उनी नाबालिग होइनन् : सन्दीप लामिछाने

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २५ गते मङ्गलबार १०:५१

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ। सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति...

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ। सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि प्रहरीले बयान लिन सुरु गरेको हो।

लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताए। लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले बताए।

जाहेरवालाले म १९ वर्षको भएँ भनेर आफूलाई भनेको भनेर सन्दीपले इजलास समक्ष बताएको वकिल घिमिरेले जानकारी दिए। त्यस्तै इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेको वकिल घिमिरेले जानकारी दिए। जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको उनको भनाई छ।

त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको गरिन्। जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका गरिएको उनको भनाई छ।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो। लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो। लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

Source-anpurnapost

प्रकाशित मिति २०७९ असोज २५ गते मङ्गलबार १०:५१
प्रतिक्रियाहरु