नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले मतदाता आफूूतिर पार्न अस्वाभिक गतिविधी गर्न थालेको खबर बाहिरिएको छ । उनले चुनावको मुखमा चामल बाड्न थालेको खबर छ ।
निर्वाचन आचार संहिता वि’परीत चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल बाँडेका हुन। बाढी पीडितका नाममा मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन ।
उनको सचिवालयले पनि बाढीबाट प्रभावित भएकाहरूलाई रा’हत स्वरूप चामल उपलब्ध गराइएको पुष्टि गरेको छ। चामल वितरण गरेपछि मन्त्रीले भोट प्रभा’वित गर्न खोजेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ ।
निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार सं’हिता वि’परीत हुने जनाएको छ । मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।
सरकारी गाडी फिर्ता
सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन् । उनी दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार छन् ।
उनले निर्वाचन आयोगले जारी गरेको आचारसं’हिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।
चुनाव अवधिमा सरकारी गाडीको दुरु’पयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसं’हिता अनुरूप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिएका छन् ।
Source-nagarikpatra
प्रकाशित मिति २०७९ असोज ३० गते आईतबार १२:२१