चुनाब अगाडीनै ओनसरी घर्तीलाई विकास मन्त्रालयको मन्त्री बनाउने प्रचण्डको घोषणा !

चुनाब अगाडीनै  ओनसरी घर्तीलाई विकास मन्त्रालयको मन्त्री बनाउने प्रचण्डको घोषणा !

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ३० गते आईतबार ०९:२१

सत्ता गठबन्धनबाट काठमाडौं–२ 'की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई मन्त्री बनाउने घोषणा भएको छ ।' माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको...

सत्ता गठबन्धनबाट काठमाडौं–२ ‘की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई मन्त्री बनाउने घोषणा भएको छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरेका हुन्’ ।

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुुन् । उनले घर्तीभित्र धेरै अन्तरनिहीत क्षमता रहेको बताए ।’ त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे ।

प्रचण्डले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए । ‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ ‘।

यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्’, प्रचण्डले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाएनेछ ।’ यो विश्वास दिलाउन चाहन्छु ।’

ओनसरी संघर्ष संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा मैले नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो’ ।

उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए’

Source- nagarikpatra

प्रकाशित मिति २०७९ असोज ३० गते आईतबार ०९:२१
प्रतिक्रियाहरु