ज्योतिषले गरे ‘प्रचण्ड’को यस्तो भविष्यमावाणी , मंसिर ४ पछिको प्रचण्डको भविष्य

ज्योतिषले गरे ‘प्रचण्ड’को यस्तो भविष्यमावाणी , मंसिर ४ पछिको प्रचण्डको भविष्य

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज ३१ गते सोमबार ०८:४८

नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’को अबको राजनीतिक यात्रा कस्तो रह्ला ? भनेर चौतारी, क्याफेहरुमा चर्चा चलिरहेका बेला यो पंक्तिकारले केही ज्योतिषीय अध्ययन गरेको छ । यस लेखमा त्रिमहापुरुष...

नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’को अबको राजनीतिक यात्रा कस्तो रह्ला ? भनेर चौतारी, क्याफेहरुमा चर्चा चलिरहेका बेला यो पंक्तिकारले केही ज्योतिषीय अध्ययन गरेको छ । यस लेखमा त्रिमहापुरुष बुधादित्य योगवान् प्रचण्डको अबको राजनीतिक यात्राको विषयमा छोटो चर्चा गरिएको छ ।

नेपाली राजनीतिका सशक्त खेलाडी प्रचण्डको न्वारनको नाम छविलाल हो । विसं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मेका पुष्पकमल दाहाल आमा भवानी र बुबा मुक्तिरामका जेठा सन्तान हुन् ।

२०६५ साउन ३१ गते उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । २०५२ सालबाट सुरु भएको जनयुद्धको सर्वोच्च कमाण्डर बनेका प्रचण्ड हालसम्म पनि नेपाली राजनीतिको केन्द्रविन्दुमा छन् ।

शनिश्चर चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्डलाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग हो । यो योगको कारणले गर्दा पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै विचलित भएका छैनन् । आफ्ना सहयोद्धाहरुको विछोड र वियोग, पारिवारिक विचलन लगायतका अनेकौं घेराहरुले पनि प्रचण्डलाई प्रभाव पार्न नसक्नु पनि शश योगकै कारण हो । शुक्र केन्द्रवर्ती अनि स्वगृही भएर बनेको मालव्य महापुरुष योग पनि प्रचण्डको राजनीतिक सफलताको प्रमुख कारक हो । शुक्रले भौतिक तथा राज्य सुख सुविधा प्रदान गर्दछ ।

बुध स्वयं विद्या बुद्धिस्थानमा रहेको छ । ग्रहको फल ग्रहस्थान तथा अवस्था अनुसार हुने हुँदा बुद्धि त्यसैअनुसार रहने भयो । बुधको अन्तर बृहस्पतिको समयमा देवालयप्रति मतिभ्रम गराएर पशुपतिनाथको सञ्चालन प्रक्रियाप्रति किञ्चित हस्तक्षेप हुनुपनि ग्रहकै प्रभाव हो । फेरि बृहस्पति ग्रहकै प्रत्यान्तरमा मंगलको समयमा राज्यसञ्चालन अत्यन्त कठिन बन्यो । मंगल स्वयं सेनास्वभावयुक्त ग्रह हो । प्रचण्डको कुण्डलीको राज्यस्थानको मालिक मंगल भएतापनि मृत्युस्थानमा रहेको कारणले तत् समयमा सत्तात्याग गर्नुपर्ने अवस्था सिर्जित भयो ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा १२औं स्थानका केतुले समझदारी र सम्झौताका आधारमा प्रधानमन्त्री बन्ने योग निर्माण गर्यो । केतु ग्रहको दशाको अन्तरमा शनिश्चर आउँदा शश योगकारक ग्रहको प्रभावले गर्दा राज्य नेतृत्वका लागि सहज बनायो । केतुको अन्तरदशामा शनिश्चर फेरि प्रत्यान्तरमा पनि शनिश्चरको समय रहँदा सम्झौताको प्रथम चरण नै प्रचण्डका लागि सहज बन्यो ।

सोही समय योगिनी दशा सिद्धा र अन्तर्दशामा भद्रिकाको अन्तर्दशाले पनि उनको मनोकांक्षा पूर्ण बनाउन सहज गरायो । योगिनी सिद्धा, अन्तर्दशामा भद्रिका र प्रत्यान्तरदशामा धान्य भएकोले पनि प्रचण्डलाई किञ्चित् इमान्दार बनायो ।

धान्य स्वयं बृहस्पतिसँग सम्बन्धित योगिनीदशा भएकोले नै सहजताका साथ सत्ता हस्तान्तरण गरे । नेपालको राजनीतिमा यति सहजै पूर्वसम्झौता अनुरुप सत्ता हस्तान्तरण भएको सायदै पहिलो परिघटना हो । नेपालमा संघीय निर्वाचनको लागि मिति तोकिएको छ । २०७९ मंसिर ४ गते संघीय एवं प्रदेशसभाको निर्वाचन गर्ने भनेर दिन यकिन गरेसँगै नेपाली राजनीतिक वृत्तमा अबको प्रधानमन्त्री को बन्ला ? भनेर बहस छेडिएको छ । हुन त राजनीति हल्लाको भरमा चल्ने कुरो पनि होइन तर पनि हल्लाले धेरै कुरो बोलेको हुन्छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा समाजवादी सहितका अन्य साना दलहरुको गठबन्धनले गर्दा पनि गठबन्धनको लागि विजय प्राप्ति असहज भने देखिदैन । कार्तिकको समयमा सूर्य र केतुको युतिले गर्दा गठबन्धनभित्रका नेताहरुबीचको खिचातानीले गर्दा अन्तरपार्टी वा इतरपार्टीहरुका बीचमा कलह, अविश्वास, धोका जस्ता विषय सिर्जित भई अहिले गरिएका भनिएका सम्झौताहरुको कार्यान्वयन हुन नसक्ने उत्तिकै सम्भावना छ ।

निर्वाचनको दिन मंसिर ४ गतेको ग्रहगोचर हेर्दा देवगुरु बृहस्पति र न्यायद्रष्टा शनिश्चर आफ्नै घरमा बसेको कारणले गर्दा मतदातामा पूर्ववत् निर्वाचनझैं मतदानको मनशाय रहने अवस्था देखिदैन । परन्तु यिनै ग्रहको कारणले स्वतन्त्रहरु वा सुषुप्त पार्टीहरु जागरुक बन्ने उत्तिकै सम्भावना देखिन्छ ।

हुन त आजसम्म गरिएका निर्वाचनहरुमा पराजित उम्मेदवारहरुले धाँधली भयो, निष्पक्षता भएन भनेर भनिरहेका हुन्छन् । कतिपय त अझै पुनःगणना र पुनःमतदानको माग समेत राखिरहेका हुन्छन् । यो मंसिर महिनाको ग्रहगोचरअनुसार सूर्य र मंगलको परस्पर दृष्टिले गर्दा निर्वाचनका प्रक्रियालाई लिएर निष्पक्षता भएन भन्ने धेरै आवाज आउन सक्ने प्रवल सम्भावना देखिन्छ ।

राजनीतिक दृष्टिले सम्भावना देखिए पनि ग्रहगोचर राम्रो भएन भने मानिसले हातमा पाएको पनि गुमाउँछ । प्रचण्डलगायत नेपाली नेताको जीवनमा समेत यस्ता अनेकौं संयोग देखापरेका छन् ।

प्रचण्डको कुण्डलीमा विसं २०७९ कात्तिक–मंसिरमा राज्यस्थानमा शुक्र र शनिश्चरको लाभदृष्टि परेको देखिन्छ । शुक्र र शनिश्चर दुवै राज्यलाभ गराउने ग्रह भएका कारण, दुवै ग्रहको शुभदृष्टि देखिनु र उनै ग्रहको दशाअन्तरमा आउनुले प्रचण्डमा राज्यनेतृत्वको प्रबल सम्भावना देखिन्छ । विचारणीय पक्ष के छ ? भने लग्नको मालिक चन्द्रमाको १२औं घरमा केतुसँगको युतिले गर्दा ग्रहण योग परेको हुँदा प्रचण्डको मानसिकतामा चञ्चलता र छिट्टै विश्वस्त हुने ग्रहप्रभावका कारणले गर्दा राज्यसञ्चालनमा अत्यन्त चनाखो हुन आवश्यक छ ।

प्रधानमन्त्रीमा चर्चा चलेका अन्य व्यक्तित्वहरूको विषयमा अधिक ज्योतिषीय अनुसन्धान गरे तापनि यहाँ कुनै चर्चा गर्न मनासिब लागेन । ज्योतिषीय विहंगम दृष्टिअनुसार वर्तमान समयमा नेपाली राजनीतिक पार्टीहरूले प्रधानमन्त्रीहरूमा चर्चा चलाएका चर्चित अनुहारहरूमध्ये प्रचण्डको कुण्डली सर्वाधिक प्रभावशाली देखिएको छ ।

नेपालको मंसिर महिनाको समय र प्रचण्डको कुण्डलीको ग्रहगोचर अध्ययनले निजमा आध्यात्मिक चिन्तन किञ्चित् बढेको खण्डमा प्रचण्डलाई अबको सफल प्रधानमन्त्रीको रूपमा नेपालले प्राप्त गर्नेछ । अन्यथा भएमा नेपालको अबको प्रधानमन्त्री नयाँ अनुहार आउनेछ । (ज्यो.पौडेल वास्तुविद् हुनुहुन्छ ।)

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०८:४८
प्रतिक्रियाहरु