डडेल्धुरामा गठबन्धन टुट्यो, देउवालाई हराउन कर्ण मल्ललाई माधव नेपालको समर्थन !

डडेल्धुरामा गठबन्धन टुट्यो, देउवालाई हराउन कर्ण मल्ललाई माधव नेपालको समर्थन !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ३ गते बिहिबार ०८:३९

पूूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा गठबन्धन तोडेको छ। कांग्रेससँगको सहकार्य तोडी एकाएक एकीकृत समाजवादी...

पूूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा गठबन्धन तोडेको छ। कांग्रेससँगको सहकार्य तोडी एकाएक एकीकृत समाजवादी जिल्ला कमिटिले गठबन्धन तोडेपछि केन्द्रको राजनीतिमै तरंग पैदा भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एकीकृत समाजवादीलाई भाग नपरेपछी उक्त पार्टिका जिल्ला नेतृत्व र कार्यकर्ता असन्तु’ष्ट बनेको बताइन्छ। बौद्धिक नेता डा.तारा जोशिले पार्टी परित्याग गरी प्रदेश शभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

पार्टी परित्याग गरेका स्वतन्त्र उम्मेदवार जोशीलाई नेकपा एस डडेल्धुराले समर्थन गरेको छ। नेकपा एस डडेल्धुरा र काँग्रेस वीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए।

वीपी काँग्रेसले प्रदेश शभामा डा. जोशिलाई सघाउने छ। काँग्रेस वीपीले नेकपा एससँग तालमेल गरेपछी नेकपा एमालेले काँग्रेस वीपीसँगको तालमेल तोड्ने जनाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले काँग्रेस वीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो।

प्रतिनिधिसभा सदस्यमा काँग्रेस वीपीका कर्ण मल्ललाई समर्थन र प्रदेश सभा एमालेका उम्मेदवारलाई नेपाली काँग्रेस वीपीले सघाउने गरी तालमेल भएको थियो। एकीकृत समाजवादी डडेल्धुराले सत्ता गठबन्धन दलका उम्मेदवार देउवाका वि’रुद्ध उम्मेदवारी दिएका मल्ललाई सघाउने निर्णय गरेपनि उक्त पार्टिको प्रदेश समिति र केन्द्रको समर्थन नरहेको बताइन्छ ।

यता, पार्टिको निर्णयविरु’द्ध वीपीसँग तालमेल गरेकोमा डडेल्धुराका अध्यक्ष विष्टलाई सधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको प्रदेश कमिटिका सचिव दिनेश सुवेदीको भनाई छ

 

प्रकाशित मिति २०७९ कार्तिक ३ गते बिहिबार ०८:३९
प्रतिक्रियाहरु