चितवनमा जित्ने आधार नदेखेर गोरखा गएका प्रचण्ड ७ हजार मतान्तरले हार्ने प्रक्षेपण !

चितवनमा जित्ने आधार नदेखेर गोरखा गएका प्रचण्ड ७ हजार मतान्तरले हार्ने प्रक्षेपण !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ३ गते बिहिबार १०:३५

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा-२ मा धक्का लाग्न सक्ने प्रक्षेपण गरिएको छ । उनी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो गृहजिल्ला चितवन छोडेर गोरखा-२ तिर लागेका छन् । उक्त स्थानमा...

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा-२ मा धक्का लाग्न सक्ने प्रक्षेपण गरिएको छ । उनी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो गृहजिल्ला चितवन छोडेर गोरखा-२ तिर लागेका छन् ।

उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीबीच प्रतिस्पर्धा हुने चर्चा छ । गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन—३ बाट बा’जी मा’रेका प्रचण्डलाई यस पटक जित निकाल्न सकस हुने बुर्लाकोटी दाबी गर्छन् ।

९८ हजार मतदाता रहेको उक्त क्षेत्रमा ३० हजार भन्दा बढी मत ल्याएर जित्ने उनको जिकिर छ । त्यहाँ यसपटक ६३ हजार भन्दा बढी मत खस्ने जानकारहरु बताउँछन् । प्रचण्डलाई ७ हजार मतान्तरले जित निकाल्ने बुर्लाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘मैले चुनावी गतिविधि सुरु गरिसकेको छु,अधिकांश मतदाताहरुको रुझान यस पटक स्वतन्त्र पार्टीमा देखिएको छ’।

बुर्लाकोटी थप्छन्, ‘कांग्रेसको ९० प्रतिशत भोट क्रस हुन्छ, एमालेको ३० प्रतिशत र माओवादीका असन्तुष्टहरुले मलाई भोट दिन्छन् ।’

चितवनमा जित्ने आधार नदेखेर गोरखा आएका प्रचण्डको जनाधार ख’स्किएको धेरैको विश्लेषण छ ।

स्थापित ठुला पार्टीका शीर्ष नेताहरूप्रतिको वि’तृष्णा,देशै नरहने हो कि भन्ने जनआ’क्रोशले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई सता’एको उनी सुनाउँछन् ।

Source- nagarikpatra

प्रकाशित मिति २०७९ कार्तिक ३ गते बिहिबार १०:३५
प्रतिक्रियाहरु