एकसाथ वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर भाइको हत्या

एकसाथ वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर भाइको हत्या

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ३ गते बिहिबार ११:०९

सन्धिखर्क : अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन्'। बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो'। प्रहरीका अनुसार...

सन्धिखर्क : अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन्’।

बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो’।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए।

घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए’।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए’।

गमालको शव बाटोदेखि झन्डै ८० मिटर तल खसेको अवस्थामा फेला परेको थियो’।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादु’ गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए’।

घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई’ भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए’।

प्रकाशित मिति २०७९ कार्तिक ३ गते बिहिबार ११:०९
प्रतिक्रियाहरु