चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।
बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार...
चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।
बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनु भयो भने आइतबार प्रक्रिया पुरा होला ।
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।
यो पनि पढ्नुहोस
केपी ओलीभन्दा कांग्रेस हजारौं गुणा लोकतन्त्रवादी : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् ।
शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगामी गठबन्धन रहेको र सत्ता गठबन्धन अग्रगामी गठबन्धन रहेको बताए ।
दुईवटा प्रवृति र दुईवटा गठबन्धन आमनेसामने छन् । एउटा विकास र सम्बृद्धिप्रति प्रतिवद्ध छ र अर्को संविधान, लोकतन्त्र र गणतन्त्र उल्ट्याउने गठबन्धन छ’ प्रचण्डले भने, ‘परिवर्तनको रक्षा गर्ने या उल्ट्याउने भन्ने लडाई मंसिर ४ गते हुँदैछ ।उनले खाली निर्वाचन जित्नमात्रै गठबन्धन नबनाएको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्न सैद्धान्तिक धरातलमा आधारित रहेको बताए ।
उनले प्रमुख प्रतिपक्षले लगाएको आरोपको पनि खण्डन गरे । प्रतिगमन र प्रतिक्रान्तितिर जाने कम्युनिस्ट खोल ओढेका प्रवृतिभन्दा खुलेआम विचारको पक्षपोषण गर्ने लोकतन्त्रको पक्षपोषण गर्ने बुर्जुवाहरू धेरै नजिक हुन्छन्’, प्रचण्डको भनाइ छ ।
रुस र चीनको उदाहारण दिँदै उनले त्यहाँका पार्टीबीचमा निकै ठुलो वैचारिक भिन्नता रहेको बताउँदै केपी ओलीभन्दा कांग्रेस हजारौं गुणा लोकतन्त्रवादी रहेको दावी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘हामीले तात्कालिन नेकपा भित्र खबरदारी गर्दागर्दै, दुईतिहाइ प्राप्त सरकारले निकै ठुलो अहंकार र सर्वत्र भ्रष्टाचार भएपछि आवाज उठायौँ ।
प्रचण्डले ओली पार्टीभित्र अल्पमतमा परेपछि जनताको सार्वभौम संस्था संसद विघटन गरेर मुलुकलाई प्रतिगमनतिर लाने प्रयास गरेको बताए । उनले पार्टीभित्रको समस्यामा संसद विघटन गरेर ओलीले बदला लिएको भन्दै ओलीको उक्त कदमविरुद्ध जनता सडकमा उतार्नुपरेको बताए ।
प्रचण्डले मंसिर ४ गते हुने निर्वाचन सामान्य नभएको भन्दै ठुलो राजनीतिक लडाइका रुपमा रहेको बताए । उनले भोट ट्रान्सफर हुँदैन कि भन्ने यदाकदा सुनिएको भन्दै यस्तो भ्रम शंका र दुविधा हटाउन गठबन्धन दलका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
उनले विस्तृत शान्ति सम्झौतामा कांग्रेसका नेता गिरिजा प्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दिन नै आफूले रुख र गिरिजाबाबुले हँसिया हथौडामा भोट हालेको बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७