लोकतन्त्रवादीदेखि राजावादी, हिन्दूवादीहरुसम्मले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा यति धेरै चर्चा परिचर्चा गरे कि उनलाई राष्ट्र निर्माता वर्तमान नेपालको एकीकरणको रुपमा चर्चा गरे । वर्षैपिच्छे पौष २७ गतेलाई पृथ्वी जयन्ती मनाउने गरेको र पृथ्वीनारायण शाहको गुनगान गाउने गरेका छन् ।ती सबै कोही नभई बाहुन क्षेत्री कम्युनिष्ट भन्नेहरु नै पहिलो लहरमा देखिन्छन् ।एक समय देउता र असुरको संग्राम (युद्ध) देउता आर्य र राक्षस मंगोलबीचको युद्ध कथा लेखेर आर्यलाई देउताको उपमा दिने मोदनाथ प्रश्रित अहिले पृथ्वीनारायण शाहलाई समेत आधुनिक आर्य देवता घोषित गर्दैछन् ।
पृथ्वीनारायण शाह यहाँका अहिन्दू मूलवासी मंगोलहरुलाई षडयन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिएउनै अपराधीलाई आज देवता घोषणा र उनको प्रतिकार गर्ने अहिन्दू मूलवासी मंगोलहरु सबैलाई राक्षस बनाउन खोजेका छन् । जनयुद्धका समयमा कथित माओवादीका नेता प्रचण्डले पृथ्वीनारायणको शालिक तोड्नु पर्छ भन्दै सालिक भत्काउने क्रममा मोदनाथ प्रश्रित फुलमाला लिएर मूर्तिमा ढोग्न पुगेका थिए ।
लेनिनिष्टको नाममा कलंक प्रश्रित तोडिएको सालिक मुनि फुलमाला लिएर ढोग्न थालिसकेपछि निक्कै हंगामा मच्चियो । तर समयले कोल्टे फेर्दै गइसकेपछि सामन्तीको विरोधी प्रचण्ड आफै पनि त्यही लाइनमा देखिए । पोहर साल उनको जन्म जयन्तीमा प्रचण्ड, बाबुरामलाई राष्ट्र निर्माता भन्दै पृथ्वीनारायण शाहलाई सम्झिए । अरु राजावादी हिन्दूवादीको त कुरै छाडौं ।२०६२÷०६३ को परिवर्तन पश्चात पृथ्वीनारायण आर्यन बाहुन क्षेत्रीहरुका लागि देवता नै सावित भएका छन् ।
प्रश्रितकै संयोजकत्वमा वर्षैपिच्छे पृथ्वी जयन्ती पौष २७ मा सम्पन्न हुने गरेको छ । उनी कम्युनिष्ट सरकारका मन्त्री पड्काएका व्यक्तिले राजतन्त्रको मलजल हाल्न किन पछि परेनन् ? उनी मात्रै होइनन्, अहिले समग्र कम्युनिष्टहरुले नै पृथ्वी नारायण शाहको गुनगान गाउने गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा डा. सुरेन्द्र केसी मंगोल अनुहारका हनुमान डा. जगमान गुरुङहरुले पृथ्वी नारायणको राम्रै बखान गर्न भ्याए र भने पृथ्वी नारायण शाह समस्त नेपालीहरुको राजा हो ।
उनीहरुले बखान गर्ने कार्यक्रमको ब्यानरमा गणतन्त्र मूर्दावाद राजतन्त्र जिन्दावाद ! जस्ता शब्दहरु देखियो । हिन्दुस्तानी दौरा सुरुवाल, ढाका टोपी लगाएका र जोगीहरु समेत रहेको कार्यक्रममा लाखौं बजेटको फेहरस्तीको श्रोत के थियो ? यस्ता कार्यक्रम आयोजना गर्ने वजेट कहाँबाट आइरहेको छ ?
मोदनाथ प्रश्रित आफैले आफ्नो घर बेचेर ल्याएको त पक्कै होइन होला ? गणतन्त्र विरोधी कित्ताका यी नेताहरुको भेलामा कांग्रेस, एमाले, माओवादीका सबै प्रतिनिधिहरु पृथ्वी शाहको गुनगान गाउन व्यस्त रहे ।पृथ्वीनारायण शाहका बखान गर्नेहरु सबै राजावादी हुन् । यस कुरामा कुनै दुई मत छैन । देशबाट राजतन्त्रको उन्मुलन भए पनि संरचना र राजतन्त्रका ठेकेदारहरु तिनै हुन् । राजतन्त्र ब्यूँताउने सपना देखिनैरहेका छन् उनीहरुले ।
राजतन्त्रवादी समूह यसरी लागिपरेका छन् । यस्ता सामन्तीको जरो उखेल्नु पर्छ भन्ने कम्युनिष्टहरु राष्ट्र निर्माताको उपमा दिन लाम लागिरहेका छन् । आखिरमा जसो गरे पनि जे भने पनि बाहुन क्षेत्रीको नीति भनेको एउटै हुन्छ भन्ने यो पनि एउटा प्रमाण हो ।
कांग्रेसको आफ्नै टुंगो छैन । कहिले लोकतन्त्र शब्द नै भेटिएन भन्ने त कहिले धर्मनिरपेक्ष कांग्रेसका नेताहरु प्रजातन्त्र भन्न छाडेका छैनन् । एमाले, माओवादी पनि कानै चिरेको जोगी परेछन् । त्यो कुरा प्रमाणित गर्नका लागि धेरै टाढा जानै पर्दैन ।
प्रचण्ड शक्तिमा आउनु भन्दा पहिले सामन्ती राजा राणाहरुको शालिक तोड्ने उद्घोष गरेका थिए तर सत्तामा पुगेपछि यी सबै कुरा छाडेर पृथ्वीनारायण शाहलाई जोडेर आफै दोस्रो पृथ्वी नारायण शाह भएको घोषणा गरे । प्रचण्डलाई पहिले पृथ्वीनारायण शाहको नाम सुन्दा धेरै एलर्जी हुने गर्दथ्यो । अन्त्यमा आफ्नै दोस्रो पृथ्वीनारायण शाह भन्दै प्रचार गर्दा गद्गद् भए । हुन त उनको यो शैली एक हद ठिकै हो ।
पृथ्वीनारायण शाहले गरेको एकीकरणको नाममा मंगोलहरुलाई मास्दै आफ्नो साम्राज्य विस्तार गरे भने प्रचण्डले पनि मंगोलहरुलाई बलि चढाई अदृश्य शक्ति हात पारेकै हुन् ।
जस्तालाई त्यस्तै, ढिडोलाई निस्तै भने जस्तै अन्त्यमा उनको यो नीति त्यही सावित हुन आयो ।बाहुन क्षेत्री नेपालका बासिन्दा होइनन् । यो कुरा प्रमाणित भएको कुरा हो । वर्तमान भारतका विभिन्न ईलाकामा नेपालमा जस्तै स–साना राज्यहरु थिए । त्यस समयमा एक राज्यले अर्को राज्यमा कब्जा जमाउने एक धर्मले अर्को धर्मको निन्दा गर्ने इतिहास छ । सन् ११७३ मा गोरका सुल्तान राजाले गजनी विजयी गरी सन् ११७५ देखि गजनीले झै भारत आक्रमण गरेको इतिहास छ ।
अजमेर र दिल्लीका चौहान राजा पृथ्वीराजका अधिनमा हिन्दूवादी संगठित भई ११९१ मा मोहम्मद गोरीलाई हराएका थिए । तुरुन्तै जवाफमा सन् ११९३ मा आक्रमण गरी हिन्दू सेनालाई हराई पृथ्वीराज चौहानको बध गरेको थियो । अर्का सोही समय कन्नौजका राजा जयचन्द्र पनि मारिएका थिए । गोरी आक्रमण गजनीका आक्रमण झै घातक थियो । गोरी भारत कब्जा गर्ने जिम्मा कुतुवउद्धिनलाई सुम्पी आफू गजनी फर्किए । ११९७ मा सेनापति बख्तियारका छोरा मोहम्मद खिलजीले बिहार जिते र ११९९ बंगाल पनि ।
१२०५ मोहम्मद गोरीको मृत्यु भयो । कुतुबउद्धिन भारतका प्रथम सुल्तान भए ।मोहम्मद गजनी जित र पृथ्वीराजको हारले यसरी निराशग्रस्त बनेका हिन्दूहरु भागाभाग मच्चिएको पाइन्छ । त्यसपश्चात भारतका विभिन्न भागमा बसाई सराई गर्दै जोगिन थाले । जब वादशाह अकवरले चितौडमाथि आक्रमण गरे । त्यसको परिणाम स्वरुप धेरै राजपूतहरु मारिँदा पीडित भूपतिका कान्छा छोरा मन्थन उज्जैन आई बसे ।
यी मन्थनका नाति भूपाल दाजुसँग मेल नहुदा सन् १४९५ मा रिडीको बाटो (पाल्पा जिल्ला) खिलुङमा आएर बसे । सन् १३०५ मा अलाउद्धिन खिलजीको भयले चितौड छाडेको यिनैका सन्ता शााहहरु गोर्खाका मंगोल राजालाई छिनालेर राज्य स्थापित गरेको इतिहास छ ।
अर्को कुरा उनीहरुकै वंशावलीमा पनि आफ्नो पुर्खा मेवाडबाट आएको वर्णन छ । धर्मरक्षा , जिउज्यानको रक्षाको लागि वर्तमान नेपाल भित्रिएपछि पाल्ला, पर्वत, गोर्खा लगायतमा मंगोलहरुलाई उल्टै मरण गरी आफ्नो साम्राज्य विस्तार गरेका थिए । यिनै मध्ये द्रव्य शाह एक हुन् । हिन्दू आर्य साम्राज्य बसाउने ।
यसै निरन्तरता पृथ्वीनारायण शाहले दिए । जसरी क्षेत्रीहरुको आक्रमण भयो, त्यस्तै यो देशमा बाहुनहरुको पनि आगमन भएको थियो । सन् १६२० मा जहागिरले कुमाउ, गडवाल आक्रमण गरेपछि त्यस भेगको कुमाई ज्ञवाली बाहुनहरु वर्तमान नेपाल भित्रिए र पश्चिमदेखि पूर्व हानिएका हुन् । यस्तै जनजातिहरु १५५९मा राणाका कमारा भएर भित्रिएका हुन् ।
क्षेत्रपति भनेका हिन्दूमा ख वर्गमा पर्दछन् । जुन बाहुन का कट्टर संरक्षक पनि हुन् । बाहुनहरुको पुख्र्यौली थलो कुमाउ, गडवाल भन्दा अघि ककसियस हो ।पहिलेका राजाहरुलाई क्षेत्रपति भन्ने चलन थियो । यिनकै खलक हुन् वर्तमान राजखानदान । नेपालको इतिहासमा बाहुनको इतिहास त्यति लामो थिएन । तर यिनै पृथ्वीनारायण शाह जस्ता साम्राज्यवादी सामन्तीले आफ्नो अनुकूलको इतिहास लेख्न सफल भएको मात्र हो ।
यत्ति चतुरता नअपनाएको भए यिनको इतिहास नै कहाँ थियो र ! त्यही भएर पृथ्वीनारायण शाहलाई क वर्ग र ख वर्गका बाहुन क्षेत्रीले मान्ने गरेका छन् ।वर्तमान नेपाल एकीकरण गर्ने व्यक्तिका रुपमा पृथ्वीनारायण शाहलाई चर्चा गर्नु अघि माथि उनी आएको इतिहासलाई उल्लेख गरिसकिएको छ ।
अब उनको पुर्खा द्रव्य शाहले गोर्खा जसरी कब्जा जमाए, त्यस्तै अन्य राज्यहरुमा कब्जा जमाएका हुन् भन्ने कुरा प्रष्ट हुन जरुरी छ । एकीकरणका नाममा निस्पक्ष कहीँ कतै राज्य जितेका थिएनन् भन्ने तथ्य आम विद्वान वर्ग इतिहासविद्हरुले स्वीकारेका छन् ।सर्वप्रथम एकीकरणको नाममा साम्राज्य फैलाएको कृुरा डा. गोपाल गुरुङकै विश्व चर्चित पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाई मा उल्लेख छ ।
यससँगै अन्य थुप्रै विद्वान वर्गले पृथ्वीनारायण शाहको लक्ष्य राज्य एकीकरण थिएन भन्ने मत राखेको पाइन्छ । उनको गुन गाउने एक थरिले पृथ्वीनारायण शाहलाई सम्पूर्ण नेपालीको राजा थिए भनेर भ्रामक प्रचारवाजी गर्न छाडेको छैन ।कट्टर संरक्षक भक्तहरुले इटाली एकीकरण (युनिफिकेशन) कर्ता विस्मार्क, गैरीवाल्डी र जिसेफ र मेजिनीसँग तुलना गरेको पाइन्छ ।
इटाली सन् १८६१ मा एकीकरण भएको हो । तर वर्तमान नेपाल एकीकरण भएको हो कि, अपहरण भएको हो ? यो कुरा मूलवासी मंगोलहरुले राम्ररी बुझ्न आवश्यक छ र यसको खोज गर्नु पर्ने देखिन्छ । इटाली एकीकरणको उदाहरण दिएर जबरजस्ती पृथ्वीनारायण शाहलाई वर्तमान नेपालको एकीकरणकर्ता राष्ट्र निर्माता बनाउनु महामुर्खता हो ।
यदि उनलाई यस्तो उपमा दिनुपूर्व उनको राष्ट्र र राष्ट्रभित्र बसोबास गर्ने राष्ट्र अहिन्दू मूलवासी मंगोल उनैले बनाएका दलित अनि तराइमा बसोबास गर्ने मूलवासी मधेशी भनिएका मूलवासीहरुको राज्य कसरी हडपे ? त्यो कुरा बुझ्न जरुरी छ । अहिले भन्ने गरिएको २४से राज्य स्थापना वर्तमान भारतबाट प्रवेश हुन थालेपछि भएको हो ।१४औं देखि १७औं शताब्दीसम्ममा २४से राज्य निर्माण भएको मानिन्छ ।
त्यो भन्दा पहिले मुसलमानहरुको उदय हुँदा भारतका विभिन्न भागमा भिन्नभिन्न क्षेत्रीय वंशका राजाहरुले राज्य गर्दथे । मुसलमान राज्य स्थापनासँगै हिन्दू आर्यहरु भागी वर्तमान नेपाल भित्रिएका हुन् । २४से राज्य मध्ये गोर्खामा सन् १५५९ मा द्रव्य शाहले गोर्खाका घले राजालाई मारी आफ्नो साम्राज्यको जग बसाले ।
प्रकाशित मिति २०७९ कार्तिक ५ गते शनिवार ११:४६