काठमाडौ ।
दुई साल पनि नहुदौ धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।
बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए ।
यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका हुन् । सबै प्रक्रिया नपुगेको भन्दै अदालतले आईतबार बोलाएको छ । आईतबार भने उनीहरुको डिर्भोस हुने पक्का पक्की नै छ ।
जेरीको जन्म घर गोरखा हो भने शंकर क्षेत्रीको घर नेपालगञ्जका हुन् । उनीहरु एक महिना देखि अलग अलग बस्दै आएका थिए ।
यो पनि पठनुहोस दई वटा हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका २ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो ।
मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो ।
निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मनुभएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आउनुभएको थियो उहाँ को लागि भगवान सग वर मागौ
प्रकाशित मिति २०७९ कार्तिक ५ गते शनिवार ०४:५१