काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ६ जनाको नाम समानुपातीकको बन्द सूचीबाट हटेको छ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरको उम्मेदवारी खारेज गरेको हो।
यस्तै, नेकपा (माओवादी केन्द्र) का अमलकुमारीदेवी मुखिया, शान्ति देवी मण्डल र उरमिला देवी कोइरनको नाम खारेज भएको आयोगले जनाएको छ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभा गरी ५५० जनाको उम्मेदवारी खारेज गरेको छ। यस्तै यता निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी दिएका ५५० जनाको नाम रद्द गरेको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका उम्मेदवारहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ।
माओवादी केन्द्रका अमलकुमारीदेवी मुखिया, शान्ति देवी मण्डल र उरमिला देवी कोइरनको नाम खारेज भएको छ। जसको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज भयो।
मेयर बालेनको न्वारनको नाम सार्वजनिक
पालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्। सो अवसरमा बालेनको न्वारनको नाम सार्वजनिक भएको छ । मेयर बालेनले आफ्नो न्वारनको नाम बिष्णु भएको बताएका छन् ।
शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो। उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए।
सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उनी भन्छन्, कति राम्रो राम्रो गित यहाँ गाइयो, दुस्ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।
मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।
प्रकाशित मिति २०७९ कार्तिक ९ गते बुधबार ०५:२५