कांग्रेसको घोषणा : वृद्धभत्ता ६५ वर्षमै

कांग्रेसको घोषणा : वृद्धभत्ता ६५ वर्षमै

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १२ गते शनिवार ०२:५१

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु...

१२ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

प्रकाशित मिति २०७९ कार्तिक १२ गते शनिवार ०२:५१
प्रतिक्रियाहरु