एमालेले दुर्गा प्रसाईंले किन पाएनन् टिकट ? भावुक हुदै बल्ल खोले भित्री रहस्य

एमालेले दुर्गा प्रसाईंले किन पाएनन् टिकट ? भावुक हुदै बल्ल खोले भित्री रहस्य

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १२ गते शनिवार ०५:१७

kathmandu स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले गत महिनासम्म झापा निर्वाचन क्षेत्र–३ मा एमालेबाट चुनाव उठ्ने चर्चा थियो । एमालेबाट टिकट पाउने चर्चा चलेपछि प्रसाईं यो निर्वाचन क्षेत्रमा सक्रिय भएर खटिएका थिए । झापा– ३ नेपाली कांग्रेसका...

kathmandu

स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले गत महिनासम्म झापा निर्वाचन क्षेत्र–३ मा एमालेबाट चुनाव उठ्ने चर्चा थियो । एमालेबाट टिकट पाउने चर्चा चलेपछि प्रसाईं यो निर्वाचन क्षेत्रमा सक्रिय भएर खटिएका थिए ।

झापा– ३ नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग उनले प्रतिस्पर्धा गर्ने मात्र होइन, आफूले नै चुनाव जित्ने दाबीसमेत गर्दै आएका थिए । तर, याे क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस भएका प्रसाईंलाई अन्तिममा एमालेले टिकट दिएन ।

झापा– ३ मा दुई गठबन्धनको भिडन्त हुँदै छ । एमाले–राप्रपा गठबन्धनबाट लिङ्देन र सत्तारुढ गठबन्धनबाट सिटौला चुनावी मैदानमा होमिएका छन् । गठबन्धन हुँदा राप्रपाको भाग परेपछि एमालेले छाड्नुपरेको एमाले झापा जिल्ला अध्यक्ष डम्बर कार्कीले बताए । गठबन्धनका कारण टिकट नपाएकाहरूलाई अन्य क्षेत्रमा व्यवस्थापन गरिने उनको भनाइ छ।

हुन त प्रसाईंले दुई साताअघि नै एमालेले टिकट नदिने सुइँको पाइसकेका थिए । केही समयअगाडिसम्म निर्वाचन लड्ने सार्वजनिक अभिव्यक्ति दिए पनि एमालेले टिकट नदिएपछि प्रसाईंलाई अहिले राजनीति फोहोरी खेल लागेकाे छ ।

राजनीतिकाे फाेहाेरी खेलमा फस्न आफूले टिकटका लागि मरिहत्ते नगरेको उनले शिलापत्रसँगको कुराकानीमा बताए ।

अहिले गठबन्धनका नाममा राजनीतिक समीकरण नै बिग्रिएको छ । यस्तो नचाहिँदो राजनीति आफूलाई मन नपरेका कारण टिकट नलिएको हुँ’, उनले भने ।

टिकट नपाएपछि राजनीति फोहोरी खेल लागेकाे हो भने प्रश्नमा उनले भने, ‘मलाई त अहिलेको राजनीतिदेखि नै घिन लाग्न थाल्यो । अहिले चुपचाप बस्ने हो । नेपालमा राजनीति कमाउन र पैसाका लागि भइरहेको छ ।

उनले थपे,अहिलेका कुनचाहिँ पार्टीसँग विकासको भिजन छ । यी सबै पैसा कमाउने, शक्तिमा आउने र देशमा लुट मच्चाउन राजनीति गरिरहेका छन् ।’राजनीतिमा राम्रो मान्छेले स्थान नपाउने तर जाल–झेल गर्ने र जनतालाई नचाहिँदो आश्वासन दिने व्यक्तिले मात्र स्थान पाउने गरेको उनले बताए ।

प्रकाशित मिति २०७९ कार्तिक १२ गते शनिवार ०५:१७
प्रतिक्रियाहरु