रवि लामिछानेलाई हाइभोल्टेजको झड्का, उम्मेदवारी नै भयो खारेज ! अब के हुन्छ ?

रवि लामिछानेलाई हाइभोल्टेजको झड्का, उम्मेदवारी नै भयो खारेज ! अब के हुन्छ ?

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १२ गते शनिवार १०:१८

काठमाडौं – ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । निर्वाचन...

काठमाडौं –

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् । काउन्सिलमा नेपाल सरकारले अनुदान दिने, स्वास्थ्य मन्त्रालयले समेत विभिन्न कार्यक्रममा बजेट उपलब्ध गराउने भएकाले त्यहाँका पदाधिकारी सार्वजनिक पदमा रहेको हुने भनी निर्वाचन आयोगले निष्कर्ष निकालेको हो ।

उम्मेदवारमाथि दावी विरोध गर्ने समय भन्दा पछि कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीमाथि उम्मेदवार कार्कीको स्पष्टीकरणसमेत लिएर निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले काउन्सिल सदस्य भएवापत तोसिमाले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको उल्लेख गरेको छ ।

निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने तोसिमा कार्कीको घोषणा

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

तर यता आयोगको निर्णय शंकास्पद भएको भन्दै उम्मेदवार कार्कीले अदालत जाने घोषणा गरेकी छन् । कार्कीले फेसबुक स्टाटसमार्फत उक्त जानकारी दिएकी हुन् ।

उनले लेखेको फेसबुक स्टाटस जस्ताको तस्तैः ‘आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोस्ट गर्दैछु ।

निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको छ । यद्यपि त्यसमा थप स्पष्ट हुन मैले न्यायक्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरुसँग परामर्श गरेको थिएँ ।

प्रकाशित मिति २०७९ कार्तिक १२ गते शनिवार १०:१८
प्रतिक्रियाहरु