काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताउनुभएको छ।
आइतबार गोरखामा आयोजित कार्यक्रममा उहाँले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुश गरेको बताउनुभयो ।
‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उहाँले भन्नुभयो, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु ।’
प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गर्नुभयो ।
‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भन्नुभयो । प्रचण्डले गोरखामा पृथ्वीनारायण शाहको शालीक निर्माण गर्ने पनि बताउनु भएको थियो ।
बहुमतको सरकार गठबन्धनको कि एमाले-राप्रपा वा अन्यको ?
विदेशीको लागि कम्फर्टेवल सरकारले राष्ट्रियताको प्रवर्धन कति गर्ला ? यस्तो अवस्थामा वर्तमान सरकारले राष्ट्रियता र लोकतन्त्रको सुरक्षाको नारा लगाएर मत माग्नु स्वभाविक देखिएला र ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७४ सालको आम चुनावपछि बनेको हो । यद्यपि एमाले र माओवादीबीचको एकीकरणको तयारी पहिला नै भएको थियो । त्यसैले नै आमचुनावमा तालमेलसमेत हुन सकेको थियो । दुई दलको एकीकरणपछि संसदमा नेकपाका करिव दुई तिहाइ सांसदसमेत रहेका थिए । त्यो एकीकरण करिव तीन वर्षमा नै खण्डित भयो ।
एकीकरण खण्डित हुनुको मुख्य कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्षको पालो मिचेको भन्ने नै थियो । माओवादीका नेता प्रचण्ड र केपी ओली मिलेर झलनाथ र माधवकुमारलाई माइनस गरेको रिस उनीहरूमा थियो ।
प्रचण्डले सर्तअनुसार पाउनुपर्ने पद नपाएकोले ओलीसँग उनको सम्बन्ध तितो हुँदै गएकोमा हारेका योेद्धाजस्ता रहेका माधवकुमार नेपाल र झलनाथले प्रचण्डलाई सहयोग गर्न थाले ।
पर्दापछाडि भने ओलीको नेतृत्वमा एमाले रहेकोमा उनी बिरामी भएको र २–३ वर्ष भन्दा बढी बाँच्ने सम्भावना नभएकोले एमाले कब्जा गर्नको लागि सजिलो हुन्छ भनेर प्रचण्डले दल एकीकरण गरेका हुन्, जब ओलीले दीर्घ जीवन प्राप्त गरे, त्यसपछि नेकपाको विखण्डनको जग बस्यो भन्नेहरू प्रशस्त छन् ।
प्रकाशित मिति २०७९ कार्तिक १४ गते सोमबार ०८:३९