किशोरी माथि सन्दीपले उल्टै लगाए यस्तो आरोप, सबै परे चकित !

किशोरी माथि सन्दीपले उल्टै लगाए यस्तो आरोप, सबै परे चकित !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १६ गते बुधबार ०८:५०

काठमाडौं । बला-त्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि उजुरीकर्ता किशोरीले अरूको उक्साहटमा लागेर अभियोग लगाएको दाबी गरेका छन् । १७ वर्षीया नाबालिगमाथि बला-त्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले...

काठमाडौं । बला-त्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि उजुरीकर्ता किशोरीले अरूको उक्साहटमा लागेर अभियोग लगाएको दाबी गरेका छन् ।

१७ वर्षीया नाबालिगमाथि बला-त्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ब-लात्कारको अभियोग दर्ता गरेपछि मंगलबार इजलाससमक्ष उनले आफूमाथि लागेको आरोप झुटो भएको बताए । उनको बयान मंगलबार सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेको उनका वकिलले जानकारी दिए । उनले इजलासमा पीडित भनिएकी युवतीको जन्मदर्ताको विषयसमेत उठाएका छन् ।

जन्मदर्ता कि नागरिकता प्रमाणपत्र केलाई आधार बनाएर मुद्दा दर्ता गरिने हो भन्ने विषयमा सन्दीपले बयानका क्रममा भनेका छन् । अब उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई ब-लात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए ।

प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए ।

उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्का-र गरेको आरोप ती किशोरीले लगाएकी थिइन् ।

अदालतले बुधबार थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बला-त्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् ।

सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बला-त्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बताएकी थिइन् ।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बला-त्कार गरेको दाबी गरिएको छ ।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बला-त्कार गरेको ती किशोरीको दाबी छ । आफूमाथि बला-त्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो ।

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए । स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ । त्यसपछि उनीहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ ।

प्रकाशित मिति २०७९ कार्तिक १६ गते बुधबार ०८:५०
प्रतिक्रियाहरु