नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आ’रोप लगाउने किशोरी बालिग भएको प्रमाण भेटिएको दाबी गरिएको छ ।
उनका वकिलले बुुधबार पी’डित ना’बालिग नभएको प्रमाण अदालतमा पेस गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा पी’डित र पी’डक दुवैको बयान सकिएपछि दुबैतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । बुधबार सन्दीपका तर्फबाट दुई जनाले बहस गरेका छन् ।
बहसका क्रममा उनका कानुन व्यवसायी मुरारी सपाकोटाले पी’डित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।
यस्तै, सन्दीपका तर्फबाट बहस गरेकी अर्की कानुन व्यवसायी रोशनी घिमिरेले सन्दीपलाई धरौ’टीमा छाडेर मु’द्दा पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् ।
उता पी’डित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् । यस्तै ३ जना विभिन्न महिला अधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् ।
थुन’छेक बहस बुधबार पनि सकिने सम्भावना कम रहेको छ । थुनछेक बहस सकिएपछि सन्दीपलाई पु’र्पक्षका लागि थु’नामा पठाउने वा ध’रौटीमा छाड्ने आदेश हुनेछ ।
प्रकाशित मिति २०७९ कार्तिक १७ गते बिहिबार १०:१७