सन्दीपको बैङ्क ब्यालेन्स कति ? सार्वजनिक भयो सम्पूर्ण विवरण !

सन्दीपको बैङ्क ब्यालेन्स कति ? सार्वजनिक भयो सम्पूर्ण विवरण !

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १७ गते बिहिबार ०५:४२

काठमाडौं : बलात्कार पीडित किशोरीलाई क्षतिपूर्ति भराउन जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले सन्दीप लामिछानेको बैङ्क खाता र उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न अदालतमा सिफारिस गरेको छ। सोमबार १२ वर्ष कैद माग गर्दै...

काठमाडौं :

बलात्कार पीडित किशोरीलाई क्षतिपूर्ति भराउन जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले सन्दीप लामिछानेको बैङ्क खाता र उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न अदालतमा सिफारिस गरेको छ।

सोमबार १२ वर्ष कैद माग गर्दै काठमाडौँ जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उनको एनआइसी एसिया बैङ्कमा रहेको खाता रोक्का राख्न सिफारिस गरिएको छ जसमा केवल ६५ हजार २ सय ९८ रुपैयाँ मात्र छ।

तेसैगरी चितवनको कल्याणपुरमा १८४ वर्ग मीटर जग्गा रहेको छ र चितवन कै कल्याणपुर ७ मा ११७० वर्ग मीटर जग्गा रहेको छ ।
भक्तपुर क्षेत्र २ : दुवै दबङ उम्मेदवार, एक-अर्कालाई धम्क्याउने प्रतिस्पर्धा

बस्नेत र थापा दुबै दबङ नेताको रुपमा परिचित छन्। दुबैको भाषणमा संयम् भन्दा चुनौती नै बढि हुन्छ। आफ्ना प्रतिष्पर्धीलाई होच्याउन अनि धम्क्याउन दुबै उत्तिकै सक्रिय हुन्छन्।

भक्तपुर : भक्तपुर क्षेत्र २ मा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले लगातार आफ्नो प्रभाव पारिरहेकोमा २०७४ को निर्वाचनमा भने अलि फरक दृश्य देखियो।

एमालेका नेता महेश बस्नेतले ३६ हजार ४ सय १२ मत पाएर आफ्नो प्रभाव जमाए।  त्यस बेला बस्नेतले पाएको मत उनका प्रतिद्वन्दी भन्दा झन्डै दोब्बर थियो।
प्रचण्ड र माधव नेपालले निर्वाचन आयोगको स्पष्टीकरण पाउँदा देउवा र ओली जोगिए

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकोक्रममा निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै ७१ जनालाई स्पष्टीकरण सोधेको छ।

स्पष्टीकरण पत्र पाउनेमा २ जना शीर्ष दलका अध्यक्ष नै छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचार संहिता उलङ्घन गरेको भन्दै आयोगको पत्र पाए।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अहिलेसम्म संहिता उलङ्घनको पत्र पाएका छैनन्।

तर उनीहरूको अभिव्यक्ति र गतिविधि भने संहिता अनुकूल देखिँदैन। प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर प्रचार गर्न नपाउने भने पनि देउवा कार्यकर्ता भेला भन्दै विभिन्न जिल्लामा उम्मेदवारको प्रचारमा सक्रिय छन्।

प्रकाशित मिति २०७९ कार्तिक १७ गते बिहिबार ०५:४२
प्रतिक्रियाहरु