प्रेम बाड्ने दिन, ‘प्रणय दिवस’

प्रेम बाड्ने दिन, ‘प्रणय दिवस’

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २ गते आईतबार ०८:४०

काठमाडौं -:  फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् '। नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष...

काठमाडौं -:  फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् ‘।

नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ ‘। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ‘।

भ्यालेन्टाइन्स् डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ ‘। यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ‘।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए ‘। सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे ।उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ‘।

प्रकाशित मिति २०७७ फाल्गुण २ गते आईतबार ०८:४०
प्रतिक्रियाहरु