देउबालाई स्बागत गर्न हैन बिदा गर्न म तिहा गएको थिए हिजो त्यो भिडले बिदा गर्यो उहालाइ – प्रतिष्पर्धी सागर ढकाल

देउबालाई स्बागत गर्न हैन बिदा गर्न म तिहा गएको थिए  हिजो त्यो भिडले बिदा गर्यो उहालाइ  – प्रतिष्पर्धी सागर ढकाल

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १८ गते शुक्रबार १०:३९

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् । उनी अहिले डडेल्धुरा पुग्दैछन् । श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो...

डडेल्धुरा ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् ।

उनी अहिले डडेल्धुरा पुग्दैछन् ।

श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न पुग्दैछन् ।

पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । तर देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् । देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन् ।

देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते

आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् ।
देउवा केहीबेरमा त्यहाँ पुग्दैछन् ।

ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए ।उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताए ।

 

प्रकाशित मिति २०७९ कार्तिक १८ गते शुक्रबार १०:३९
प्रतिक्रियाहरु