आज विभिन्न ढंगले दल चाहिँदैन, बहुदलीय व्यवस्था ठीक छैन भन्ने एउटा वातावरण बनाउँदैछन्। घण्टी त घण्टाकर्णले पनि बजाएको थियो। राम्रा कुरा सुन्दिन। कसैको सम्मान गर्दिन। कसैको योगदानको कदर गर्दिन। अनास्थावाला। त्यसलाई भन्छन्, नास्तिक। अनास्थावाला, अविश्वासवाला, भ्रमवाला त्यस्ता कुरा गर्छु भनेर हिँड्थ्यो घण्टाकर्ण।
कानमा घण्टी बजाएर, राम्रा कुरा सुन्दैन भनेर। यो सबै के हो भने बहुदलीय लोकतान्त्रिक प्रणालीकाविरुद्ध रचिएको एउटा व्युहरचना हो। यो स्वतःस्र्फूत केही होइन। एकाध मान्छेलाई मन लाग्छ स्वतन्त्र उठ्छ। कहीँ आफूलाई धक्का लाग्यो भने स्वतन्त्र उठ्छ। त्यो बेग्लै कुरा हो।
यहाँ त स्वतन्त्र मात्रै होइन, स्वतन्त्रहरूको पार्टी भनेर एउटा पार्टी छ। अनि अरूहरू दासहरूको पार्टी हुन् ? पार्टी भनेपछि त स्वतन्त्र पार्टी भन्ने हुन्छ ? स्वतन्त्रले दलीय व्यवस्थाकै विरोध गर्दै, दलीय व्यवस्थाको प्रणालीमा सहभागी हुने, दलीय व्यवस्थाको विरोध गर्ने, दलीय व्यवस्था, दलीय लोकतान्त्रिक प्रणाली स्थापनाका लागि लडेका, बलिदान गरेका, त्याग तपस्या गरेका, दुःख गरेकाहरू निन्दा गर्ने, त्यो काम गर्दैन।
त्यसकारण जो स्वतन्त्र, स्वतन्त्र हुँ भन्छ। दलीय प्रणालीभित्र पसेर, दलीय प्रणालीमा सहभागी हुन्छ। दलीय प्रणालीको निन्दा र विरोध गर्छ। दलीय प्रणालीले प्राप्त गरेका उपलब्धिमा इन्जोइ गर्छ।
त्यसमा योगदान गर्नेहरूलाई अपमान गर्नु आफ्नो कर्तव्य ठान्छ भने त्यो बुझ्नुपर्छ, त्यो कतैबाट सञ्चालित, योजनाबद्ध ढंगले परिचालित, लोकतन्त्रविरोधी कसैले आयोजना गरेको यो तमासा हो। चाहे डमरु बजाओस्। चाहे घण्टी बजाओस्। (नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति २०७९ कार्तिक १८ गते शुक्रबार ०१:५८