काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गर्नुभएको छ । पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला पुग्नुभएका उहाँले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताउनुभयो।
उहाँले नदी वरतिर सर्यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताउनुभयो। ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्यो कि सिमाना सारिहाल्ने रु,’ उहाँले प्रश्न गर्नुभयो ।
‘भारतले हाम्रो भू(भागबाट अनावश्यक ढंगले ९बाटो बनायो०, हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उहाँले भन्नुभयो ।
‘यो सुहाउँदैन। नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उहाँले भन्नुभयो ।
झापा १ मा रोचक चुनावी भिडन्त: शर्मा र खरेलमध्ये कसको पल्लाभारी ? (अंकगणितसहित)
झापा – झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने यहाँको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।
शर्मा र खरेलमध्य एकले हार्नैपर्ने यो प्रतिस्पर्धा व्यक्ति र पार्टीको विरासतको लडाई बनेको छ । त्यसैले पनि शर्मा र खरेलबीच हुने प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ ।
अहिले शर्मा र खरेल आफ्नो र आफ्नो अस्तित्व र पार्टीको साख जोगाउन छुट्टाछुट्टै चुनावी रणनीति बनाएर मतदाताको घरआगँन पुगेका छन्। झापा–१ शर्माको निर्वाचन क्षेत्र हो । तर खरेलको निर्वाचन क्षेत्र झापा–२ हो।
यस क्षेत्रका लागि खरेल पर्यटक उम्मेदवार हुन् । खरेल पूर्व संविधानसभा सदस्य, पूर्व कानुन मन्त्री र पूर्व महान्यायाधिवक्ता समेत हुन् भने शर्मा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन । शर्मालाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ भने खरेललाई नेकपा (एमाले), राप्रपा र राप्रपा नेपालको समर्थन छ ।
साबिक झापा–३ र हाल झापा–१ को आम निर्वाचनको तथ्याङ्क केलाउँदा नेकपा (एमाले)ले तीन पटक, नेकपा माओवादीले दुई पटक र कांग्रेसले एक पटक मात्रै जितेको छ । २०४८, २०५१ र २०७० मा एमालेका क्रमशः राधाकृष्ण मैनाली, देवीप्रसाद ओझा र रविन कोइराला निर्वाचित भएका थिए। २०६४ र २०७४ मा माओवादीका क्रमशः धर्मप्रसाद घिमिरे र सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए। त्यस्तै कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ २०५६ सालमा निर्वाचित भएका थिए।
एमालेको लालकिल्ला मानिएको झापा १ अहिले भने गठबन्धनका लागि सहज क्षेत्र बनेको आंकलन गरिएको छ । यसै क्षेत्रबाट शर्मा तेस्रो पटक उम्मेदवार बनेका छन्।
२०७० सालमा पहिलो पटक टिकट पाएका शर्मा एमालेका कोइरालासँग ६८९ मतान्तरले पराजित भएका थिए। शर्माले १६ हजार ५४० मत ल्याएकोमा कोइरालाले १७ हजार २२९ मत ल्याएका थिए। २०७४ सालको आम निर्वाचनमा शर्मा फेरि पराजित भए।
शर्मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कार्कीसँग २ हजार ८६३ मतान्तरले पराजित भए। शर्माले ३३ हजार ३१० मत ल्याउँदा कार्कीले ३६ हजार १७३ मत ल्याएका थिए।
प्रकाशित मिति २०७९ कार्तिक १८ गते शुक्रबार ०४:०२