आचारसंहिता उलङ्घन गर्नेमा प्रचण्ड एक नमब्रमा,फेरी सोध्यो निर्वाचन आयोग स्पष्टीकरण

आचारसंहिता उलङ्घन गर्नेमा प्रचण्ड एक नमब्रमा,फेरी सोध्यो निर्वाचन आयोग स्पष्टीकरण

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २२ गते मङ्गलबार १०:३३

काठमाडौं : निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्टीकरण सोधेको छ। आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग...

काठमाडौं : निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्टीकरण सोधेको छ। आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि प्रचण्डलाई स्पष्टीकरण सोधेको हो।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको आयोग जनाएको हो ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र उहाँहरूलाई निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

पत्रमा उहाँहरूलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।

यस अगाडि पनि गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। पछिल्लो समय निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेका छन्।

Source-anpurnapost

प्रकाशित मिति २०७९ कार्तिक २२ गते मङ्गलबार १०:३३
प्रतिक्रियाहरु