एमालेले हार्ने निश्चित देखिए पछि जाँड खुवाएर मान्छे पठायो र कुटाइयो – विरोध खतिवडा

एमालेले हार्ने निश्चित देखिए पछि जाँड खुवाएर मान्छे पठायो र कुटाइयो  – विरोध खतिवडा

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २३ गते बुधबार ११:२०

काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले आफूहरूले निर्वाचन जित्ने निश्चित देखेपछि अतालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन्। मनहरीमा आयोजित...

काठमाडौँ ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले आफूहरूले निर्वाचन जित्ने निश्चित देखेपछि अतालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन्।

मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरे।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो,’ उनले भने, ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत्रुक कुराहरूले फरक पार्दैन।’

खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफैँ पछारिएको भन्दै उनले यस्ता कुराले केही फरक नपर्ने बताए। केपीको ज्यादती र उद्दण्डताका विरुद्ध सधैँ लड्न तयार रहेकोसमेत उनले बताए।

मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो। मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन्।

मदिरा सेवन गरी आएका व्यक्ति खतिवडाको नजिकै पुग्दा आफैँ लडेको बताउँदै उनलाई उद्धार गरी प्रहरीको जिम्मा लगाइएको दलहरूको दाबी छ।

प्रकाशित मिति २०७९ कार्तिक २३ गते बुधबार ११:२०
प्रतिक्रियाहरु