देशको दिगो बिकाश गर्ने केपी ओलीलाई प्रधानमन्त्री चुनिसकेका छौँ – पशुपतिशमशेर राणा

देशको दिगो बिकाश गर्ने केपी ओलीलाई प्रधानमन्त्री चुनिसकेका छौँ – पशुपतिशमशेर राणा

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २३ गते बुधबार ०५:१४

काठमाडौं कात्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पदीय दुरुपयोग नगर्न आग्रह गरेका छन्। राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको...

काठमाडौं कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पदीय दुरुपयोग नगर्न आग्रह गरेका छन्।

राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको प्रचारप्रसारका लागि भैरहवा आएका राणाले निर्वाचनमा गृहमन्त्रीले पदीय दुरुपयोग नगरे राप्रपाको जित निश्चित भइसकेको दाबी गरे।

उनले राप्रपाका सदस्यहरूलाई इमानदार बन्न पनि आग्रह गरे। ‘कांग्रेसले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ। म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस्,’

उनले भने, ‘मंसिर ४ पछि यो सरकार रहँदैन। तपाईंहरू ढुक्क हुनुहोस्। हामीले एमालेका नेता केपी ओलीलाई प्रधानमन्त्री चुनिसकेका छौँ।

रुपन्देहीलाई गृहमन्त्री नै चाहिएको हो भने निर्वाचनमा मत दिनुस्। दीपक बोहोरालाई गृहमन्त्री बनाएर पठाउँछौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति एमालेकै वरिपरि घुमिरहने बताउनुभएकाे छ ।

गृहजिल्ला झापाकाे दमकमा बुधबार आयाेजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेकै वरिपरि घुम्ने बताउनुभयाे । देशभर एमाले प्रवेशकाे लहर चलेकाे भन्दै उहाँले अरु दलमा थाम्नै नसक्ने पहिराे गएकाे बताउनुभयाे ।

एमाले बाहेक अरु पार्टीसँग देश बनाउने नीति, विचार, याेजना, मिसन, भिजन र गन्तव्य केही नभएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यहाँ मात्र हाेइन देशभर एमाले प्रवेशकाे लहर चलिरहेकाे छ, राष्ट्रिय राजनीतिकाे बाटाे यही हाे, राष्ट्रिय राजनीति यतै जाने हाे, अरु पार्टीमा थाम्नै नसक्ने पहिराे गइरहेकाे छ, किनभने अरु पार्टीसँग देश बनाउने नीति छैन, संगठन र कार्यकर्ता चलाउने नीति नै छैन ।’

झापामा राजनीतिक भुइँचालाे गएकाे भन्दै उहाँले याे देखेर केही पार्टीका नेता पुर्पुराेमा हात लगाएर बसेका बताउनुभयाे । एमालेकाे नीति समृद्ध नेपाल सुखी नेपाली भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमाले देश बनाउने पार्टी भएकाे भन्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एमालेमा प्रवेश गर्न अन्य पार्टीका नेता-कार्यकर्तालाई आग्रह गर्नुभयाे ।

देश बनाउनेहरु ढिलाेचाँडाे एमालेमै गाेलबद्ध हुने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘बैंसमा जति फूर्ति गरेपनि बुढेसकालमा एमाले दिएकै लाैराे टेकेर हिँड्नुपर्छ, एमालेकाे ज्येष्ठ नागरिक भत्ता नै सहारा हाे, बैस छउञ्जेल एमालेसँग लडेपनि पछि एमालेमा नआएर धरै छैन, देश बनाउने हाे भने त एमालेमा नआएर उपाय नै छैन, अहिले हाम्रा विरुद्ध उम्मेदवार हुनुहुन्छ ती साथीहरु पनि पछि गएर एमालेमै आउनुहुन्छ, राष्ट्रिय राजनीतिकाे बाटाे यहि हाे, राष्ट्रिय राजनीति यतै जाने हाे ।।’

मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्ने र त्यस सरकारले विकास निर्माणकाे अभियानलाई तिब्रता दिने अध्यक्ष ओलीले बताउनुभयाे ।

प्रकाशित मिति २०७९ कार्तिक २३ गते बुधबार ०५:१४
प्रतिक्रियाहरु